१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय मञ्च गठन

सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय मञ्च गठन
अ अ+ अ-

काठमाडौँ । दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूतलाई अन्त्य गर्ने उद्देश्यले दलित अधिकारकर्मी धरम विश्वकर्माको संयोजकत्वमा सामाजिक न्यायका लागि अन्तरराष्ट्रिय मञ्च गठन गरिएको छ । काठमाडौँमा सम्पन्न ‘जातीय विभेद अन्त्यका लागि प्रवासी नेपालीहरुको भूमिका’ विषयक दुईदिने अन्तरराष्ट्रिय सम्मेलनमा दलित समुदायको मुद्दालाई अन्तरराष्ट्रियकरण गर्ने र सम्बन्धित देशमा जातीय छुवाछूत कानून बनाउन पहल गर्न सो मञ्च गठन गरिएको दलित अधिकारकर्मी सरु सुनारले जानकारी दिए ।

मञ्चको सदस्यहरुमा धनबहादुर सार्की (युरोप), गोपाल विश्वकर्मा (अमेरिका), शेरबहादुर सुनार (बेलायत), सरु सुनार (नेपाल(, जीवन सुनार (कुवेत), नवराज विक (कतार), बाबुराम विश्वकर्मा (दुबई), प्रेम परियार (नर्वे), बलराम सुनार (अस्ट्रिया), दुर्गा विश्वकर्मा (पोर्चुगल), राजेश सुनार (जर्मनी), गोविन्द विक (हङकङ), नवीन विक (चीन) र डा विष्णुमाया परियार (अमेरिका) छन् ।

नासो कम्युनिटी युएसए र जातीय विभेदविरुद्ध विश्व मञ्च युएसएलगायतका सङ्घसंस्थाघद्वारा मङ्गलबार सम्पन्न सम्मेलनले भूमण्डलीकरण र बसाइँसराइसँगै विश्वव्यापी भएको जातीय विभेदविरुद्ध संसारभरि रहेका नेपाली दलित समुदायले सङ्गठित र संयुक्तरुपमा अभियान गर्नुपर्नेलगायत नौ बुँदे घाषणापत्र जारी गरेको छ ।