१५ आश्विन २०८१, मंगलवार
,
Latest
नेपाल अमेरिकाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारी बाढीबाट पुल भासिँदा राजविराज भन्सारको राजस्व सङ्कलन प्रभावित बाढी–पहिरो र डुबान : मृतकको संख्या २ सय १७ पुग्यो मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछु : मन्त्री यादव मन्थलीमा विद्युत् आपूर्ति सञ्चालन स्थलगत रिपोर्ट : सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने पुलमा क्षति स्थलगत रिपोर्ट : राजमार्गमा दृष्य एक, पीडा अनेक बाढीपहिरो प्रभावितका लागि राहत कोषमा एक अर्ब उपलब्ध गराइने, तीन दिने राष्ट्रिय शोक घोषणा दाउन्नेमा बाटो भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बाढीले अस्तव्यस्त काठमाडौंलाई लयमा फर्काउने प्रयास (फोटो फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलङ्की–नौबिसे सडकखण्ड एकतर्फी सञ्चालन हुने



अ+ अ-

काठमाडों । ट्राफिक प्रहरीले कलङ्की–थानकोट र नागढुङ्गा–नौबिसे सडकखण्ड मर्मत कार्य भएकाले ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सडक प्रयोगकर्तालाई आग्रह गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज एक विज्ञप्ति जारी गरी सडक विभागद्वारा सडक मर्मत कार्य गर्ने भएकाले सडक एकतर्फी मात्र सञ्चालन हुने भएकाले ट्राफिक व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको हो ।

यस सडक आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म मर्मत कार्य सम्पन्न हुँदैछ । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सडक मर्मत कार्य भइरहेकाले लेन अनुशासन पालना गरी सवारी व्यवस्थापन कार्यमा सहयोग गर्न सम्पूर्ण चालकलाई आग्रह गरेको बताउनुभयो । सडक मर्मतसँगै दुवैतर्फ सवारी चल्ने भएकाले आवतजावतमा समेत सहज हुने महाशाखाले जनाएको छ ।