१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

पिसाब बेचौँ, उत्पादन बढाऔँ, पैसा कमाउँ

पिसाब बेचौँ, उत्पादन बढाऔँ, पैसा कमाउँ
अ अ+ अ-

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकाले नेपालमा नै पहिलोपटक मानव मूत्र (पिसाब) बेचेर पैसा कमाउने अभियान शुरु गरेको छ । मङ्गला गाउँपालिकाले अभियानलाई सफल बनाउन गाउँपालिकाका सबै वडाका विद्यालय, सार्वजनिक स्थान र घरमा शौचालयमा राख्नका लागि जर्किन वितरण गरी त्यसमा नै पिसाब गर्ने र सोही पिसाब खेतबारीमा लगाइएको बालीनालीमा प्रयोग गरी उत्पादन बढाउने नयाँ तरिका अपनाएको हो ।

यसअघि गाईभैँसी तथा कुखुरा र भेडाबाख्राको मलमूत्रबाट तरकारी र खाद्यान्न उत्पादन गर्दै आएका किसानले नयाँ प्रयोग गर्न लागेका हुन् । गाउँपालिकाको वडा नं ५ अर्मनको शिशु कल्याण माविमा विगत दुई वर्षदेखि शौचालयमा जर्किन राखेर विद्यार्थीले सोही जर्किनमा पिसाब गर्ने र त्यसलाई बिक्री गरी आयआर्जन गर्ने गरिएको छ ।

त्यहाँका किसान पनि मानव मूत्र प्रयोग गरेर तरकारी तथा खाद्यान्न बाली उत्पादन गर्न जुटेका छन् । पशुपालन विस्तारै हराउँदै गएपछि पशुको मलमूत्रको अभावमा मानव मूत्रको प्रयोग गरी तरकारी फलाउन किसान जुटेका छन् । म्याग्दीमा नै पहिलोपटक मङ्गला गाउँपालिका–५ का किसानले मानव मूत्रको प्रयोग गरी खेती गर्न थालेका हुन् । बजारमा पाइने रासायनिक मलभन्दा मानव मूत्रको प्रयोगबाट उत्पादन राम्रो हुने जानकारी पाएपछि किसानले यो कदम चालेको बताएका छन् ।

शिशु कल्याण मावि अर्मनका प्रधानाध्यापक चित्रबहादुर बुढाथोकीले विद्यालयले अहिलेसम्म ३१ जर्किन मानव मूत्र बिक्री गरिसकेको र मानव मूत्र विशेषगरी सुन्तलाखेती र मकै बालीका लागि अत्यन्त उपयोगी हुने बताउनुभयो ।

त्यसैगरी सोही विद्यालयका विद्यार्थी छवि सुवेदीले पहिले पहिले आफूहरुलाई पिसाबलाई खेतीबालीमा प्रयोग गर्ने तरिका थाहा नहुँदा जथाभावी पिसाब गर्ने गरेको बताउँदै अभियानको बारेमा थाहा पाएपछि शौचालयमा राखिएका जर्किनमा नै पिसाब गर्ने गरिएको बताउनुभयो ।

मङ्गला गाउँपालिकाले प्राङ्गारिक खेतीलाई विशेष प्राथमिकतामा राखेको छ । गाउँपालिकाले विद्यालय र सार्वजनिक स्थानमा मानव मूत्र सङ्कलनका लागि प्लाष्टिकको ग्यालिन (जर्किन) राखेको छ । शौचालयमा मूत्र विर्सजन गर्नुका साटो स्थानीय र बटुवाले समेत जर्किन(ग्यालिन)मा गर्ने गरेका मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

पशुपालन गर्ने क्रम विस्तारै घट्दो अवस्थामा रहेकाले किसानलाई यो प्रविधिबाट तरकारी खेती गर्न सिकाइएको रोकाले बताउनुभयो । “मानव मूत्रबाट तरकारी उत्पादन साह्रै राम्रो हुने रहेछ । बाहिरी जिल्ला गएर हेर्दा रोग पनि नलागेको पाइयो”, उहाँले भन्नुभयोे, “हामीले पनि यस्तै गर्नसके किसानलाई सहज हुन्छ भनी तालीम दियौँ । किसान हौसिएका छन् ।”

अध्यक्ष रोकाका अनुसार एउटै परिवारका सदस्यको पिसाब सङ्कलन गरेर राखेमा सोही दिनमै तरकारी बालीमा हाल्न सकिने र धेरै घरपरिवारको जम्मा गरेमा एक महीनासम्म राखेर बालीमा हाल्न सकिन्छ । शुरुआतमा स्थानीयले जर्किन वा ड्रममा पिसाब सङ्कलन गरेका छन् । तरकारी लगाएको ठाउँमा हाल्ने गरेका छन् । एक लिटर पिसाबमा तीन लिटर पानी हालेर बोटबिरुवा र बालीमा राख्नसकिने उहाँले बताउनुभयो ।

अर्मनकी किसान देवकुमारी सापकोटाले गाउँमा पशुचौपाया पाल्न छाडिएको र मल पाउन समस्या भएकाले यसको सट्टामा घरमा तथा सार्वजनिक स्थलमा पिसाब सङ्कलन गरी बालीमा हाल्न थालेको बताउनुभयो । “घरमै पिसाब सङ्कलन गरेर बारीमा हाले उत्पादन बढ्ने र रोग पनि नलाग्ने जानकारी तालीमबाट पाएका छौँ”, उहाँले भन्नुभयो । “गाईभैँसी पाल्न नसकिएपछि यो तरिका सहज लाग्यो । गाउँलेले सोहीअनुसार मान्छेको मलमूत्र जम्मा गरेर खेतीबालीमा हाल्ने गरेका छौँ”, सापकोटाले भन्नुभयो ।

मानव मूत्रको प्रयोग गरी गाउँका किसानले खेतीपाती गर्न थालेका छन् २०७५ सालको मङ्सिरबाट घरघरमा पिसाब सङ्कलन गरिएको र बोटबिरुवा तथा तरकारीमा हाल्ने गरिएको उहाँले बताउनुभयो । मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँका अनुसार अगुवा किसानलाई कृषि बालीमा मानव मूत्रसम्बन्धी पाँच दिने तालीम दिइसकेको छ । तालीमपछि किसानले मानव मूत्रबाटै तरकारी फलाउने प्रतिबद्धता व्यक्त गरेका बानियाँले जानकारी दिनुभयो ।

पशुपालन गर्ने क्रम विस्तारै घट्दो अवस्थामा रहेकाले किसानलाई यो प्रविधिबाट तरकारीखेती गर्न सिकाइएको उहाँले बताउनुभयो । “मानव मूत्रबाट तरकारी उत्पादन साह्रै राम्रो हुने रहेछ । बाहिरी जिल्ला गएर हेर्दा रोग पनि नलागेको पाइयो”, उहाँले भन्नुभयो, “हामीले पनि यस्तै गर्न सके किसानलाई सहज हुन्छ भनी तालीम दियौँ । किसान हौसिएका छन् ।”

बानियाँका अनुसार एउटै परिवारका सदस्यको पिसाब सङ्कलन गरेर राखेमा सोही दिनमै तरकारी बालीमा हाल्न सकिने र धेरै घरपरिवारको जम्मा गरेमा एक महीनासम्म राखेर बालीमा हाल्न सकिन्छ । शुरुआतमा स्थानीयले जर्किन वा ड्रममा पिसाब सङ्कलन गरेका छन् । तरकारी लगाएको ठाउँमा हाल्ने गरेका छन् । एक लिटर पिसाबमा तीन लिटर पानी हालेर बोटबिरुवा र बालीमा राख्न सकिने उहाँले बताउनुभयो ।

प्राविधिक बानियाँका अनुसार पिसाबमा क्याल्सियम, फस्फोरस भएकाले रासायनिक मलभन्दा धेरै गुणा राम्रो हुन्छ । घरपरिवारमा भन्दा विद्यालय र सार्वजनिकस्थलमा मावन मूत्र स¬ङ्कलन गर्दा राम्रो हुने उहाँले बताउनुभयो ।

विद्यालयमा सङ्कलन गर्न सकेमा तरकारीमा हाल्न सकिने र बिक्रीसमेत गर्न सकिने भएकाले निकै प्रभावकारी हुने उनले उहाँले जानकारी दिनुभयो । “हामीले मानव मूत्रलाई खेर जाने वस्तु भनेर खासै वास्ता गर्दैनौँ तर, त्यही चिज राम्रो मल हुन्छ भन्ने बुझेका छैनौँ” उहाँले भन्नुभयो, “म्याग्दीको लागि यो नयाँ प्रयोग हो ।”