६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीबाट आभार व्यक्त



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति सी चिनफिङलाई न्यानो स्वागत गर्दै ऐतिहासिक भ्रमण सफल पार्न सहयोग गर्ने सम्बद्ध सबैमा धन्यवाद व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज म्यान्माको औपचारिक भ्रमणमा निस्कनुअघि ट्विट गर्दै राष्ट्रपति सीको राजकीय भ्रमण सफल बनाएकामा नेपाली दाजुभाइ तथा दिदीबहिनी, सुरक्षा अङ्ग, आमसञ्चार र सम्बद्ध सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दै उक्त भ्रमणबाट जनतामा देखिएको खुसी र उत्साह साकार पार्न आफ्नो अनवरत प्रयास हुने उल्लेख गर्नुभयो ।

राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्रपति सीले यही असोज २५ र २६ गते नेपालको राजकीय भ्रमण गर्नुभएको थियो ।