६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी अभावले कारागारमा समस्या



अ+ अ-

तम्घास । गुल्मी कारागारमा कर्मचारी अभाव भएको छ । कारागारको दरबन्दी १० जनाको भए पनि अहिले दुई जना मात्रै स्थायी कर्मचारी कार्यरत छन् । कूल सङ्ख्याको २० प्रतिशत मात्र हो ।

कारागारमा बाँकी ८० प्रतिशत कर्मचारी नै छैनन् । कारागारमा एक कार्यालय प्रमुख, एक सुब्बा, एक खरीदार, एक सहलेखापाल, एक अहेव, एक कम्प्युटर अपरेटर तथा चार कार्यालय सहयोगीको दरबन्दी कायम गरिएको छ । तर अहिले कार्यालय प्रमुख र कम्प्युटर अपरेटर मात्र कारागारमा रहेको कम्प्युटर अपरेटर तथा सूचना अधिकारी प्रभात मल्लीकले बताउनुभयो ।

कारागार उद्यमशिलताका दृष्टीले समेत अब्बल भएकाले उनीहरुलाई आवश्यक सामग्रीहरुको उपलब्धता र बिक्री वितरणमा पनि कर्मचारी नभएका कारण मुस्किल परेको बताइएको छ ।

सीसी क्यामेरा जडान
सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर गुल्मी कारागारमा सीसी टिभी क्यामेरा जडान गरिएको छ । कारागार व्यवस्था विभागको सहयोगमा कारागारमा १० वटा क्यामेरा जडान गरिएको हो । कारागारको चौकिल्ला, प्रशासन र कैदीबन्दी बस्ने भवन तथा प्रमुख गेटमा क्यामेरा सेट गरिएको कारागाराका सूचना अधिकारी प्रभात मल्लीकले जानकारी दिए । विभागको साढे दुई लाखको लागतमा क्यामेरा जोडिएको हो । क्यामेरा जडानसँगै सुरक्षा र कारागार सञ्चालनमा सहजता आएको छ ।

अहिले कैदीबन्दीहरुको गतिविधिहरु कार्यालय प्रमुखले आफ्नै कोठाबाट नियाल्ने गरेका छन् । कार्यालयसँगै कैदीबन्दीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई पनि सीसी टिभी क्यामेराले सहजता मिलेको मल्लीकले बताउनुभयो । अर्कोतर्फ क्षमताभन्दा तेब्बर बढि रहेका कैदीबन्दीहरुको व्यवस्थापनको चुनौतीमा समेत क्यामेराले सहयोग पुराएको छ । क्यामेराको कारण कैदीबन्दीहरुलाई पनि अनुशासनमा बस्न बाध्य बनाएको कैदी लेखनाथ गिरीले बताउनुभयो ।