३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक

झलनाथको प्रस्तावः अब वाम एकतालाई दीर्घकालीन बनाऔँ

झलनाथको प्रस्तावः अब वाम एकतालाई दीर्घकालीन बनाऔँ
अ+ अ-

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्या गर्ने व्यक्तिहरूको पहिचान गर्न नसक्नु कम्युनिस्ट आन्दोलनकै कमजोरी भएको बताएका छन्। उनले अब विगतका विभाजन र विवादलाई पछाडि छोड्दै वामपन्थी शक्तिहरूलाई दीर्घकालीन रूपमा एकताबद्ध बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

आइतबार राष्ट्रिय सभागृहमा मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’लाई सम्बोधन गर्दै खनालले मदन भण्डारी र जीवराज आश्रितको हत्या योजनाबद्ध र कायरतापूर्ण रूपमा गरिएको दाबी गरे।

उनले ती हत्याको वास्तविक योजनाकार र दोषीको पहिचान गर्न नसक्नु आन्दोलनभित्रकै कमजोरी भएको स्वीकार गर्दै सत्य बाहिर ल्याउने जिम्मेवारी अझै बाँकी रहेको बताए।

खनालका अनुसार मदन भण्डारी र जीवराज आश्रितमाथि भएको आक्रमण केवल दुई व्यक्तिको हत्या नभई नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने उद्देश्यसहित रचिएको षड्यन्त्र थियो। त्यस्ता प्रवृत्तिहरूको खतरा अझै समाप्त नभएकाले राजनीतिक रूपमा सचेत र एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो।

पूर्वप्रधानमन्त्री खनालले मदन भण्डारीले तत्कालीन नयाँ जनवादी क्रान्तिको सन्दर्भमा अघि सारेको कार्यदिशाबाट अहिले पनि शिक्षा लिनुपर्ने उल्लेख गर्दै वर्तमान परिस्थितिमा समाजवादी रूपान्तरणका लागि नयाँ राजनीतिक रणनीति निर्माण गर्नुपर्ने धारणा राखे।

उनले वामपन्थी दलहरूबीच विगतमा विभिन्न कारणले विभाजन र अहंकार हाबी भएको स्वीकार गर्दै अब परिस्थितिले दीर्घकालीन एकताको आवश्यकता सिर्जना गरिसकेको बताए। “कहिले सिङ पलायो, कहिले जुरो पलायो भन्ने अवस्था धेरै भयो,” भन्दै उनले अब वामपन्थी शक्तिहरूले साझा लक्ष्यका साथ स्थायी एकताको बाटो रोज्नुपर्नेमा जोड दिए।