१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

किसानलाई धान भित्र्याउने चटारो

किसानलाई धान भित्र्याउने चटारो
अ अ+ अ-

धनगढी । कैलाली र कञ्चनपुर जिल्लाका किसानलाई यतिबेला वर्षे धान बाली काटेर भित्र्याउने चटारो बढेको छ । धान बेचेर खर्चको जोहो गर्नुपर्ने हुँदा चाडबाडको समयमा पनि आफूहरुलाई धान भित्र्याउने चटारो बढेको स्थानीय कृषकले बताएका छन् ।

अधिकांश क्षेत्रफलको जग्गामा असार महीनामा रोपिएको धान यतिबेला पाकेर पहेँलपुर भएको छ । किसानको मुख्य आम्दानी स्रोतको रुपमा धान बाली रहेको छ । धान बेचेर नै घरायसी र अन्य खर्चको जोहो कृषकले गर्दै आएका छन् । “दशैँमा खर्च नभएर समस्या भयो”, कैलालीको गेटा गाउँका किसान हरि चौधरीले भन्नुभयो, “तिहार नजिक आउँदै गर्दा धान पनि पाकेकाले काटेर खर्च जुटाउनै पर्यो ।”

धान काट्ने र झार्ने काममा आधुनिक कृषि औजारको प्रयोग बढ्न थालेपछि समयको बचत हुनुका साथै परिश्रमसमेत कम लाग्न थालेको अर्का किसान लोकेश जोशी बताउनुहुन्छ । “खेत खनजोत र कृषिउपज ढुवानी गर्दा पहिलेको जस्तो राँगा र गोरुगाडाको प्रयोग घटेर ट्र्याक्टर, धान काट्ने र झार्ने काममा आधुनिक मेशिनको प्रयोग बढ्दा निकै सहज भएको छ”, जोशीले भन्नुभयो, “समयमै मलखाद, बीउबिजन, सिँचाइजस्ता समस्या भने हट्न नसक्दा समस्या हुने गरेको छ ।”

जिल्लाको दक्षिणी क्षेत्रका भजनी, टीकापुर, नारायणपुर, धनसिंपुर, लालबोझी, जानकीनगर, जोशीपुर, बसौटी, दरख, पवेरा, हसुलियालगायतका क्षेत्रमा धान बालीको उत्पादन अन्य क्षेत्रको भन्दा बढी हुने गरेको छ । कृषकले आफूलाई आवश्यक पर्ने धान घरमा भण्डारण गरी बढी भएको धान स्थानीय व्यापारीलाई बिक्री गर्ने गर्दछन् । धान उत्पादनका लागि उर्बर मानिएको कैलाली जिल्लामा झण्डै ७२ हजार ५०० हेक्टर जग्गामा धानखेती हुँदै आएको छ ।

दुई तराईका जिल्ला कैलाली र कञ्चनपुरमा उत्पादन हुने धान प्रदेशका पहाडी जिल्लाहरुमा समेत आपूर्ति हुने गरेको छ । कैलाली, कञ्चनपुरलगायतका जिल्लामा चाडपर्वको समयमा नयाँ धानको चामल पिँधेर बनाइने पीठोबाट न्वागी, माणा, सिरौला ढिक्रीजस्ता स्थानीय खानाका परिकार पकाएर खाने चलन भएकाले पनि किसानलाई धान काट्ने चटारो बढेको हो ।

धान काट्नु अघि नयाँ धानको बाला काटेर आ आफ्नो घरको दैलोमा र कूलदेवताको मन्दिरमा गोवरले टाँसेर पूजा गर्ने परम्परा पनि यो प्रदेशमा रहेको छ । गाईको गोबरले घरको दैलोमा टाँस्ने कामलाई ‘देली बालो’ लगाउने भनिन्छ ।

धान बालीको उत्पादन घट्नेः यस वर्ष पर्याप्त वर्षा नभएकोले कैलाली कञ्चनपुर जिल्लामा वर्षे धान बालीको उत्पादन विगतको भन्दा घट्ने अनुमान कृषि प्राविधिकको छ । कृषि निर्देशनालय दीपायलका निर्देशक यज्ञराज जोशीले यस वर्ष धान बालीका लागि चाहिने वर्षा प्रयाप्त नभएको र हाइब्रिड (वर्णशङ्कर) जातको सिन्दुरी र गरिमा धान खेतीमा बाला लाग्न नसकेको समस्याले धान उत्पादन घट्न सक्ने देखिएको बताउनु भयो ।

“कैलाली र कञ्चनपुर जिल्लामा गरिएको गरिमा र सिन्धुरी जातको धानमा बाला लाग्न नसकेको कृषकको गुनासोका विषयमा अध्ययन निरीक्षण गरेका छौँ”, निर्देशक जोशीले भन्नुभयो, “आगामी केही दिनमा यस विषयमा प्रतिवेदन तयार गरी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा पेश गर्दैछौँ ।”