१५ आश्विन २०८१, मंगलवार
,
Latest
नेपाल अमेरिकाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारी बाढीबाट पुल भासिँदा राजविराज भन्सारको राजस्व सङ्कलन प्रभावित बाढी–पहिरो र डुबान : मृतकको संख्या २ सय १७ पुग्यो मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछु : मन्त्री यादव मन्थलीमा विद्युत् आपूर्ति सञ्चालन स्थलगत रिपोर्ट : सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने पुलमा क्षति स्थलगत रिपोर्ट : राजमार्गमा दृष्य एक, पीडा अनेक बाढीपहिरो प्रभावितका लागि राहत कोषमा एक अर्ब उपलब्ध गराइने, तीन दिने राष्ट्रिय शोक घोषणा दाउन्नेमा बाटो भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बाढीले अस्तव्यस्त काठमाडौंलाई लयमा फर्काउने प्रयास (फोटो फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानलाई धान भित्र्याउने चटारो



अ+ अ-

धनगढी । कैलाली र कञ्चनपुर जिल्लाका किसानलाई यतिबेला वर्षे धान बाली काटेर भित्र्याउने चटारो बढेको छ । धान बेचेर खर्चको जोहो गर्नुपर्ने हुँदा चाडबाडको समयमा पनि आफूहरुलाई धान भित्र्याउने चटारो बढेको स्थानीय कृषकले बताएका छन् ।

अधिकांश क्षेत्रफलको जग्गामा असार महीनामा रोपिएको धान यतिबेला पाकेर पहेँलपुर भएको छ । किसानको मुख्य आम्दानी स्रोतको रुपमा धान बाली रहेको छ । धान बेचेर नै घरायसी र अन्य खर्चको जोहो कृषकले गर्दै आएका छन् । “दशैँमा खर्च नभएर समस्या भयो”, कैलालीको गेटा गाउँका किसान हरि चौधरीले भन्नुभयो, “तिहार नजिक आउँदै गर्दा धान पनि पाकेकाले काटेर खर्च जुटाउनै पर्यो ।”

धान काट्ने र झार्ने काममा आधुनिक कृषि औजारको प्रयोग बढ्न थालेपछि समयको बचत हुनुका साथै परिश्रमसमेत कम लाग्न थालेको अर्का किसान लोकेश जोशी बताउनुहुन्छ । “खेत खनजोत र कृषिउपज ढुवानी गर्दा पहिलेको जस्तो राँगा र गोरुगाडाको प्रयोग घटेर ट्र्याक्टर, धान काट्ने र झार्ने काममा आधुनिक मेशिनको प्रयोग बढ्दा निकै सहज भएको छ”, जोशीले भन्नुभयो, “समयमै मलखाद, बीउबिजन, सिँचाइजस्ता समस्या भने हट्न नसक्दा समस्या हुने गरेको छ ।”

जिल्लाको दक्षिणी क्षेत्रका भजनी, टीकापुर, नारायणपुर, धनसिंपुर, लालबोझी, जानकीनगर, जोशीपुर, बसौटी, दरख, पवेरा, हसुलियालगायतका क्षेत्रमा धान बालीको उत्पादन अन्य क्षेत्रको भन्दा बढी हुने गरेको छ । कृषकले आफूलाई आवश्यक पर्ने धान घरमा भण्डारण गरी बढी भएको धान स्थानीय व्यापारीलाई बिक्री गर्ने गर्दछन् । धान उत्पादनका लागि उर्बर मानिएको कैलाली जिल्लामा झण्डै ७२ हजार ५०० हेक्टर जग्गामा धानखेती हुँदै आएको छ ।

दुई तराईका जिल्ला कैलाली र कञ्चनपुरमा उत्पादन हुने धान प्रदेशका पहाडी जिल्लाहरुमा समेत आपूर्ति हुने गरेको छ । कैलाली, कञ्चनपुरलगायतका जिल्लामा चाडपर्वको समयमा नयाँ धानको चामल पिँधेर बनाइने पीठोबाट न्वागी, माणा, सिरौला ढिक्रीजस्ता स्थानीय खानाका परिकार पकाएर खाने चलन भएकाले पनि किसानलाई धान काट्ने चटारो बढेको हो ।

धान काट्नु अघि नयाँ धानको बाला काटेर आ आफ्नो घरको दैलोमा र कूलदेवताको मन्दिरमा गोवरले टाँसेर पूजा गर्ने परम्परा पनि यो प्रदेशमा रहेको छ । गाईको गोबरले घरको दैलोमा टाँस्ने कामलाई ‘देली बालो’ लगाउने भनिन्छ ।

धान बालीको उत्पादन घट्नेः यस वर्ष पर्याप्त वर्षा नभएकोले कैलाली कञ्चनपुर जिल्लामा वर्षे धान बालीको उत्पादन विगतको भन्दा घट्ने अनुमान कृषि प्राविधिकको छ । कृषि निर्देशनालय दीपायलका निर्देशक यज्ञराज जोशीले यस वर्ष धान बालीका लागि चाहिने वर्षा प्रयाप्त नभएको र हाइब्रिड (वर्णशङ्कर) जातको सिन्दुरी र गरिमा धान खेतीमा बाला लाग्न नसकेको समस्याले धान उत्पादन घट्न सक्ने देखिएको बताउनु भयो ।

“कैलाली र कञ्चनपुर जिल्लामा गरिएको गरिमा र सिन्धुरी जातको धानमा बाला लाग्न नसकेको कृषकको गुनासोका विषयमा अध्ययन निरीक्षण गरेका छौँ”, निर्देशक जोशीले भन्नुभयो, “आगामी केही दिनमा यस विषयमा प्रतिवेदन तयार गरी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा पेश गर्दैछौँ ।”