३० श्रावण २०८३, शनिबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना अन्जु पन्त र सुमन कुमारको “ सागरै तरेर” सार्वजनिक बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेसनल प्याब्सन कास्कीद्वारा अङ्ग्रेजी भाषा शिक्षणसम्बन्धी कार्यशाला सम्पन्न



अ+ अ-

पोखरा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) कास्की शाखाले संस्थामा आबद्ध विद्यालयका आधारभूत तहका अङ्ग्रेजी भाषा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले शनिबार पोखरामा अङ्ग्रेजी भाषा शिक्षणसम्बन्धी एकदिने कार्यशाला सम्पन्न गरेको छ।

नेसनल प्याब्सन कास्कीका अध्यक्ष रोशन कोइरालाको अध्यक्षतामा आयोजित कार्यशालामा प्राध्यापक डा. जिवलाल सापकोटाले ‘पेडागोजिकल अभ्यासमा दृष्टिकोणगत परिवर्तन’ विषयमा सहजीकरण गरेका थिए। उनले विधागत शिक्षण, कविता तथा कथा शिक्षण, त्रुटि पहिचान र निराकरणका उपाय तथा प्रयोगात्मक सिकाइका विविध पक्षबारे प्रशिक्षण दिएका थिए।

कार्यक्रममा डा. सापकोटाले भाषिक शुद्धता, निरन्तर अभ्यास र विद्यार्थी–केन्द्रित शिक्षण पद्धतिमा जोड दिँदै सिद्धान्तभन्दा व्यवहारमुखी शिक्षण प्रभावकारी हुने बताए। उनले शिक्षकहरूलाई कक्षाकोठामा प्रयोगात्मक, सहभागितामूलक र विद्यार्थीमैत्री शिक्षण विधि अपनाउन आग्रह गरे।

कार्यक्रममा नेसनल प्याब्सन कास्कीका कोषाध्यक्ष कमल थापाले सञ्चालन गरेका थिए भने केन्द्रीय कार्यक्रम व्यवस्थापन समितिका संयोजक कमल रानाभाटलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। सहभागी शिक्षकहरूले कार्यशाला व्यावहारिक, उपयोगी र प्रभावकारी भएको प्रतिक्रिया दिएका थिए।

कार्यशालामा नेसनल प्याब्सन कास्कीमा आबद्ध विद्यालयका ३० भन्दा बढी अङ्ग्रेजी भाषा शिक्षकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सङ्गम प्रकाशन र श्रद्धा प्रकाशनले प्राज्ञिक सहयोग गरेका थिए।