१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

जोखिममा रहेका ३७६ बालबालिकाको उद्धार

जोखिममा रहेका ३७६ बालबालिकाको उद्धार
अ अ+ अ-

वीरेन्द्रनगर । एक वर्षको अवधिमा सुर्खेतमा जोखिमपूर्ण अवस्थामा रहेका ३७६ बालबालिकाको उद्धार गरिएको छ । जबरजस्ती विवाह, घरेलु हिंसा, यौन दुव्र्यबहार, बेचबिखन र ओसारपसारजस्ता विभिन्न कारणबाट जोखिममा रहेका बालबालिकाको उद्धार गरिएको हो ।

उद्धार गरिएका बालबालिकामध्ये बालिकाको सङ्ख्या बढी रहेको पाइएको छ । महिला तथा बालबालिकामाथि हुने हिंसा विरुद्ध काम गर्दै आएको गैरसरकारी संस्था आवाजका अनुसार उद्धार गरिएकामध्ये २४८ जना बालिका रहेका छन् भने १२८ बालकको उद्धार गरिएको छ ।

आवाज संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा जोखिमपूर्ण अवस्थामा उद्धार गरिएका बालबालिकाको तथ्याङ्क हेर्दा सबैभन्दा बढी ७२ जना बालबालिकाको उद्धार गरिएको छ । जसमध्ये ७१ जना बालिकालाई उद्धार, यस वर्ष शारीरिक तथा मानसिक यातनामा रहेका ५६ जना बालबालिकाको उद्धार गरिएको र जसमध्ये बालिकाको सङ्ख्या ३७ जना रहेको छ । त्यसैगरी हराएका र बेवारीसे अवस्थामा रहेका ४९, कठिन परिस्थितिमा रहेका ४५, यौन शोषण र दुव्र्यबहारमा परेका ४३ जनाको उद्धार गरिएको छ ।

संस्थाको तथ्याङ्कअनुसार ३६ जना सडक बालबालिका, जोखिमपूर्ण तथा प्राकृतिक प्रकोपमा परेका १६ जना, संस्थाको तथ्याङ्क अनुसार बेचबिखन र ओसारपसारमा परेका २४, जबरजस्ती करणीमा परेका १८ जना बालबालिकाको उद्धार गरिएको छ ।

यसरी जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकामध्ये ३४१ जना बालबालिकाको परिवारसँग पुनःमिलन गराइएको छ भने ३५ जना बालबालिकालाई आपतकालिन गृहमा राख्नुका साथै संस्थागत पुनःस्थापना गराइएको संस्थाका कार्यक्रम संयोजक पवित्रा शाहीले बताउनुभयो ।

शाहीका अनुसार कुपोषण, कक्षा छाड्ने, यौन शोषण, दुव्र्यवहार, बलात्कार, अपमानित, कुटपिटजस्ता कारणले गर्दा बालबालिका जोखिममा पर्ने गरेका छन् । उहाँले बाल हेल्पलाइन तथा सरोकारवाला निकायसँगको समन्वयले समस्यामा परेका बालबालिकाको उद्धार, संरक्षण, कानूनी सहयोग र पुनःस्थापनामा सहजता भएको बताउनुभयो ।

त्यसैगरी विभिन्न कारणले परिवार छाडेर बेवारीसे अवस्थामा रहेका बालबालिकाको पुनःस्थापनामा समस्या आएको छ । पछिल्लो समय विभिन्न कारणले गर्दा सडक बालबालिकाको सङ्ख्या बढ्दो पाइएको छ । बढ्दो बैदेशिक रोजगारको कारण र बाबुआमा बिहीन भई परिवारबाट अलग्गिएका बालबालिका सडकमा देखिएका छन् । यस वर्ष मात्र ४१ जना सडक बालबालिकाको तथ्याङ्क सङ्कलन गरिएको शाहीले बताउनुभयो ।