१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

खानेपानीको एक करोडभन्दा बढी बक्यैेता असुल्न बाँकी

खानेपानीको एक करोडभन्दा बढी बक्यैेता असुल्न बाँकी
अ अ+ अ-

राजविराज । सप्तरीस्थित खानेपानी डिभिजन कार्यालयले रु एक करोडभन्दा बढी बक्यौता असुल गर्न बाँकी रहेको जनाएको छ । करिब ५६ वर्ष अघि स्थापना भएको उक्त कार्यालयमा ग्राहकले लामो सयमदेखि प्रयोग गरेको पानीको महशुल नर्तिदा रु एक करोड २१ लाख ८६ हजार २१७ बक्यौता असुल्न बाँकी रहेको सूचना अधिकारी प्रकाशचन्द्र गुप्ताले बताउनुभयो ।

कार्यालयका लेखा प्रमुख अजयबडियैत यादवका अनुसार लामो समयदेखि महशुल उठाउन बाँकी रहेका ग्राहकमध्ये राजविराज नगरपालिका–८ निवासी बिमला अर्यालकोे रु ७९ हजार, ८४०, बद्रीनारायण यादवको रू ७९ हजार ७४५, उदायबहादुर पाण्डेको रू ६२ हजार ५९०, अनिता भगतको २२ हजार ३५० र वडा नं ४ का राधादेवी साहको ३२ हजार ३५० लगायत छ ।

चार लाख ५० हजार लिटर क्षमताको ट्याङ्कीबाट नगरपालिकाभित्र दुई हजार छ सय ग्राहकको घरमा पाइप जडान गरिएको छ तर पुरानो नक्साअनुसार बनाइएको पुरानो राजविराज नगरपालिका शहरमा नयाँ संरचनाअनुसार क्षेत्रफल बढेकाले एउटा ट्याङकीबाट सबै ग्राहकलाई समेटन नसक्ने सरोकारवालाको भनाइ छ ।

अहिले राजविराज नगर क्षेत्रभित्र खानेपानी कार्यालयले बिहान एकदेखि डेढ घण्टा र साँझ एक घण्टा पानी दिने गर्दछ । राजविराज बजार क्षेत्रमा अधिकांश ठाउँमा पानी तान्ने ट्युबेलसमेतम आइरनयुक्त पानी आउनाले पनि यहाँका जनता शुद्ध पानी पिउनबाट बञ्चित रहेको राजविराज नगरपालिका–३ का बिन्दु चौधरीले बताउनुभयो ।