१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा

अपाङ्गता भएका कृषकलाई अनुदान

अपाङ्गता भएका कृषकलाई अनुदान
अ अ+ अ-

सुर्खेत । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अपाङ्गता भएका सुर्खेतका कृषकलाई अनुदानस्वरुप आर्थिक सहयोग प्रदान गरेको छ । अपाङ्गता भएका व्यक्तिलाई कृषि पेशामा आकर्षित गर्न मन्त्रालयले रु तीन लाख ३० हजार अनुदान प्रदान गरेको हो ।

मन्त्रालय र अपाङ्ग समाज सुर्खेतबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अपाङ्ग समाजमा आबद्ध १० घरधुरीका कृषकलाई च्याउखेती गर्न चाहिने सामग्री खरीदका लागि उक्त रकम उपलब्ध गराइएको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले आत्मनिर्भर अर्थतन्त्रका लागि समाजका सबै वर्ग समुदाय कृषि उत्पादनमा जोडिनुपर्ने बताउनुभयो । “व्यावसायिक कृषि क्षेत्रमा सबैको आबद्धता जरुरी छ”, उहाँले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिले आफैँ कमजोर महसुस गरी बस्नु हुँदैन, सक्दो काम गर्ने हो, त्यसले आफ्नो आम्दानीको स्रोतका साथै समाजमा इज्जत पनि बढाउँछ ।”

प्रदेश सरकारले किसानलाई प्रोत्साहित गरेर खाद्यान्न उत्पादनको अवस्थामा सुधार ल्याउन योजनाबद्ध क्रियाशील रहेको मन्त्री केसीले बताउनुभयो । मन्त्रालयले चालू आव ‘मेरो किसान, मेरो अन्नदाता’ नारासहित विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले विकट जिल्लामा खाद्यान्न सङ्कट टार्न कृषि व्यवसायमा आबद्धता बढाउन जरुरी रहेको बताउनुभयो । “खाद्यान्न अभाव टार्न जमीन, मल, उन्नत बीउको प्रयोग समुचित हिसाबले हुन जरुरी छ”, उहाँले भन्नुभयो ।