१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा

निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्न महासचिव पौडेलको आग्रह

निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्न महासचिव पौडेलको आग्रह
अ अ+ अ-

रुपन्देही । नेकपाका महासचिव बिष्णु पौडेलले सरकारले चालेका कदमबाट हतोत्साही नभई ढुक्क भएर लगानी गरि रोजगारी अभिबृद्धि गर्न नीजि क्षेत्रलाई आग्रह गरेका छन् ।

रुपन्देही उद्योग संघको २१ औं अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै महासचिव पौडेलले विकास र समृद्धिको अभिभारा पूरा गर्ने काम नीजि क्षेत्रको साथ बिना सम्भव नभएको र मुलुकको अर्थतन्त्रलाई सवल बनाउनकालागि सरकारले सबै क्षेत्रलाई साथमा लिएर अगाडी बढेको दावी गरे ।

‘हामी देशैभरीका उद्योगी व्यबसायीका समस्यालाई सुन्न चाहन्छौं’ महासचिव पौडेलले भने,‘उद्योगी व्यबसायीका समस्या समाधान गरेरै अगाडी बढ्ने हो, तपाईहरु नीजि क्षेत्र यहि बाटोबाट अंगाडी बढ्नुहोस, म आग्रह गर्न चाहन्छु ।’

रुपन्देही जिल्लालाई व्यबस्थित औद्योगिक क्षेत्र भएको जिल्लाको रुपमा अगाडी बढाउन खोजिएको बताउँदै उनले सरकारले घोषणा गरेको मोतिपुर औद्योगिक क्षेत्रलाई आधुनिक र व्यवस्थित औद्योगिक क्षेत्र बनाइने बताए । महासचिव पौडेलले कालगण्डकी–तिनाउ डाईभर्सनबाट पछाडी नहट्ने समेत बताए । उनले भने,‘कत्रा कत्रा परिवर्तन त हामीले गरेका छौं भने कालिगण्की डाईभर्सन गर्न नसकिने भन्ने होइन ।’

कालिगण्डकी–तिनाउ डाईभर्सनको लागि बिस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० निर्माणको काम भइरहेको बताउँदै महासचिव पौडेलले डिपिआर निर्माणको काम सकिएपछि स्रोतको प्रवन्ध गरेर मोडालिटि तयार गरि निर्माणको काम अगाडी बढ्ने आश्वासन दिए । ‘एक्लो लघुताभास राखेर हिँड्नु हुँदैन, गण्डकी प्रदेशसंगको झगडा व्यबस्थापन हुन्छ ।’ उनले भने–‘समय पनि लाग्छ, लगानी पनि लाग्छ, तर यसबाट पछाडी हट्दैनौं ।’

त्यस्तै प्रदेश पाँचका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बैजनाथ चौधरीले प्रदेशको स्थायी राजधानी नतोकिँदा बजेट कार्यान्वयनमा समस्या भएको बताए । उनले प्रदेशको स्थायी राजधानी तोक्ने प्रदेश सभाको काम भएपनि प्रदेश सभा मात्रै नभएर प्रतिपक्षि दल, संघीय सरकारको समेत भुमिका हुने भएकाले प्रदेशको स्थायी राजधानी तोक्ने काममा सहजिकरणकालागि पार्टी महासचिव पौडेललाई आग्रह गरे ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मौरले नागरिक अधिकार प्राप्त भएपनि अधिकार कार्यान्वयनकालागि आर्थिक समृद्धि आवश्यक रहेको र आर्थिक समृद्धिकालागि औद्योगिक क्रान्ति गर्न तीनै तहका सरकार गम्भिर बन्नुपर्ने बताए ।

संघका अध्यक्ष गणेशप्रसाद अधिकारीले मुलुकको औद्योगिक बिकासकालागि नीजि क्षेत्रबाट प्रयास भएपनि सरकारले त्यस किसिमको बातावरण बनाउन नसकेको बताउँदै औद्योगिक वातावरण निर्माण गर्न आग्रह गरे ।

उनले अहिले लोडसेडिङ समस्या समाधान भएपनि विद्युतमा थप समस्या आएको भन्दै त्यस्ता औद्योगिक बिकासका अवरोध हटाउन सरकारको ध्यानाकर्षण गराए । संघका वरिष्ठ उपाध्यक्ष बाबुराम बोहोराले घरेलु, साना, मझौला सबै उद्योग अटाउन सक्नेगरी निर्यात पवद्र्धन गर्नेगरी ऐन कानून बनाउन आग्रह गरे ।

कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै महासचिव कृष्णप्रसाद पराजुलीले औद्योगिक बिकासका समस्या समाधानकालागि आग्रह सहित करको दायरा बढ्नुपर्नेमा दर बढाएर उद्योग क्षेत्रलाई हतोत्साही पार्ने काम गरेको आरोप लगाए ।

कार्यक्रमको सञ्चालन सचिव जिवकान्त काफ्लेले गरेका थिए ।