१५ आश्विन २०८१, मंगलवार
,
Latest
बाढीपहिरामा परी दुई सय १८ जनाको मृत्यु, २७ बेपत्ता पर्वतका अवरुद्ध ग्रामीण सडक मर्मत सुरु पूर्वबाट फेरि मौसम बदली सुरु होटल एभरेस्ट र बसेरालाई तीन-तीन लाख जरिवाना दशैँको लागि अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी दसैँको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव न्यायपालिकाको हुर्मत लिन वार एशोसिएसन संस्थागत रुपमा उद्यत रह्यो: पूर्वन्यायधीश ईश्वर खतिवडा विपद् व्यवस्थापनको नीतिगत आधार नै वैज्ञानिक छैन, अन्तरनिकाय समन्वयको पनि अभाव देखियो: डाक्टर अधिकारी एमाले सचिवालय बैठक जारी सरकारद्वारा गठित स्वास्थ्य बीमा सुधार सुझाव समितिको काम शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्न महासचिव पौडेलको आग्रह



अ+ अ-

रुपन्देही । नेकपाका महासचिव बिष्णु पौडेलले सरकारले चालेका कदमबाट हतोत्साही नभई ढुक्क भएर लगानी गरि रोजगारी अभिबृद्धि गर्न नीजि क्षेत्रलाई आग्रह गरेका छन् ।

रुपन्देही उद्योग संघको २१ औं अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै महासचिव पौडेलले विकास र समृद्धिको अभिभारा पूरा गर्ने काम नीजि क्षेत्रको साथ बिना सम्भव नभएको र मुलुकको अर्थतन्त्रलाई सवल बनाउनकालागि सरकारले सबै क्षेत्रलाई साथमा लिएर अगाडी बढेको दावी गरे ।

‘हामी देशैभरीका उद्योगी व्यबसायीका समस्यालाई सुन्न चाहन्छौं’ महासचिव पौडेलले भने,‘उद्योगी व्यबसायीका समस्या समाधान गरेरै अगाडी बढ्ने हो, तपाईहरु नीजि क्षेत्र यहि बाटोबाट अंगाडी बढ्नुहोस, म आग्रह गर्न चाहन्छु ।’

रुपन्देही जिल्लालाई व्यबस्थित औद्योगिक क्षेत्र भएको जिल्लाको रुपमा अगाडी बढाउन खोजिएको बताउँदै उनले सरकारले घोषणा गरेको मोतिपुर औद्योगिक क्षेत्रलाई आधुनिक र व्यवस्थित औद्योगिक क्षेत्र बनाइने बताए । महासचिव पौडेलले कालगण्डकी–तिनाउ डाईभर्सनबाट पछाडी नहट्ने समेत बताए । उनले भने,‘कत्रा कत्रा परिवर्तन त हामीले गरेका छौं भने कालिगण्की डाईभर्सन गर्न नसकिने भन्ने होइन ।’

कालिगण्डकी–तिनाउ डाईभर्सनको लागि बिस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० निर्माणको काम भइरहेको बताउँदै महासचिव पौडेलले डिपिआर निर्माणको काम सकिएपछि स्रोतको प्रवन्ध गरेर मोडालिटि तयार गरि निर्माणको काम अगाडी बढ्ने आश्वासन दिए । ‘एक्लो लघुताभास राखेर हिँड्नु हुँदैन, गण्डकी प्रदेशसंगको झगडा व्यबस्थापन हुन्छ ।’ उनले भने–‘समय पनि लाग्छ, लगानी पनि लाग्छ, तर यसबाट पछाडी हट्दैनौं ।’

त्यस्तै प्रदेश पाँचका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बैजनाथ चौधरीले प्रदेशको स्थायी राजधानी नतोकिँदा बजेट कार्यान्वयनमा समस्या भएको बताए । उनले प्रदेशको स्थायी राजधानी तोक्ने प्रदेश सभाको काम भएपनि प्रदेश सभा मात्रै नभएर प्रतिपक्षि दल, संघीय सरकारको समेत भुमिका हुने भएकाले प्रदेशको स्थायी राजधानी तोक्ने काममा सहजिकरणकालागि पार्टी महासचिव पौडेललाई आग्रह गरे ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मौरले नागरिक अधिकार प्राप्त भएपनि अधिकार कार्यान्वयनकालागि आर्थिक समृद्धि आवश्यक रहेको र आर्थिक समृद्धिकालागि औद्योगिक क्रान्ति गर्न तीनै तहका सरकार गम्भिर बन्नुपर्ने बताए ।

संघका अध्यक्ष गणेशप्रसाद अधिकारीले मुलुकको औद्योगिक बिकासकालागि नीजि क्षेत्रबाट प्रयास भएपनि सरकारले त्यस किसिमको बातावरण बनाउन नसकेको बताउँदै औद्योगिक वातावरण निर्माण गर्न आग्रह गरे ।

उनले अहिले लोडसेडिङ समस्या समाधान भएपनि विद्युतमा थप समस्या आएको भन्दै त्यस्ता औद्योगिक बिकासका अवरोध हटाउन सरकारको ध्यानाकर्षण गराए । संघका वरिष्ठ उपाध्यक्ष बाबुराम बोहोराले घरेलु, साना, मझौला सबै उद्योग अटाउन सक्नेगरी निर्यात पवद्र्धन गर्नेगरी ऐन कानून बनाउन आग्रह गरे ।

कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै महासचिव कृष्णप्रसाद पराजुलीले औद्योगिक बिकासका समस्या समाधानकालागि आग्रह सहित करको दायरा बढ्नुपर्नेमा दर बढाएर उद्योग क्षेत्रलाई हतोत्साही पार्ने काम गरेको आरोप लगाए ।

कार्यक्रमको सञ्चालन सचिव जिवकान्त काफ्लेले गरेका थिए ।