१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न



अ+ अ-

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत ३२ वटा कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ ।

उद्योगमन्त्री गौरिकुमारीले कार्ययोजनाअन्तर्गत तोकिएका कार्य समयअगावै सम्पन्न गरी विस्तृत प्रतिवेदन प्रधानमन्त्री वालेन्द्र शाहलाई बुझाउनुभएको हो ।

कार्ययोजनाले निर्दिष्ट गरेका नीतिगत सुधार, औद्योगिक वातावरण सुधार, प्रभावकारी सेवा प्रवाह, लगानीमैत्री वातावरण सृजना, उद्योग प्रशासनलाई चुस्त बनाउने तथा मन्त्रालयका प्राथमिकतामा रहेका विभिन्न कार्यक्रम कार्यान्वयन गरिएको उद्योग मन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारप्रति जनविश्वास बढाउने, सुशासनलाई संस्थागत गर्ने तथा परिणाममुखी कार्यशैली स्थापित गर्ने उद्देश्यका साथ मन्त्रालयले आफ्ना कामलाई तीव्र बनाएको उद्योग मन्त्रीको भनाइ छ ।

कार्ययोजनामा घोषणा गरिएका कार्यक्रम समयमै सम्पन्न गर्न, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथा जनताले प्रत्यक्ष अनुभूति गर्ने परिणाम दिन प्रधानमन्त्री शाहले निरन्तर निर्देशन दिँदै आउनुभएको छ । रासस