२३ भाद्र २०८३, मंगलवार
,
Latest
सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढ्यो भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य राष्ट्रसङ्घको ८१ औँ महासभामा सुरु हुँदै जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डाेनेसियामा बुधबारदेखि व्यापार मेला शुरू



अ+ अ-

काठमाडौं । इण्डोनेसियाको ३४ औ व्यापारमेला बुधबार देखि सुरु भएको छ । इण्डोनेसियन सम्मेलन केन्द्र बिएसडि मा बुधबार सुरु भएको मेलाको उपराष्ट्रपति युसुफ कालाले ट्रेड एक्स्पो २०१९ को उद्घाटन गर्नुभएको हो ।

व्यापार मेलामा इण्डोनेसियामा उत्पादन गरिएका हस्तकला, घरयासी प्रयोगका लागि चाहिने सामाग्री देखि ठूला ठूला गाडी र रेल निर्माता कम्पनीको पनि सहभागिता रहेको छ । मेलामा १० वटा विभिन्न युनिटका झण्डै १ हजार २ सय स्टलहरु रहेका छन् भने १ हजार २ सय १५ उद्योगी, व्यवसायीहरुले भाग लिएका छन् ।

उद्घाटन समारोहलाई उपराष्ट्रपति काला र व्यापारमन्त्री इन्जरतिस्टो लुकिशले सम्बोधन गरेका थिए । मेलामा १ सय ३० देशका विदेशी वायरहरुको पनि सहभागीता रहेको छ । मेलामा सहभागी नेपालका लागि इण्डोनेसियाकी राजदुत रीना सोेरानोले नेपालले पनि आफ्नो मौलिक उत्पादनको बजारीकरण गर्न यस्ता मेलामा सहभागीता जनाउनुपर्ने बताउनुभयो ।

इण्डोनेसियाका लागि नेपाली अवैतानिक महावाणिज्यदुत चन्द्र ढकालले मेलामा सहभागीता जनाएर नेपालले पनि पर्यटन प्रवद्र्धनको क्षेत्रमा ठुलो लाभ लिन सक्ने बताउनुभयो । नेपाली व्यवसायीहरुले इण्डोनेसियाबाट कपर, सुन, रबर, कोकोनटओइल, प्लाउउड, सवारी साधन लगायतको आयात गर्ने गरेको तर निर्यात अत्यन्तै न्यून रहेकाले पर्यटन प्रवद्र्धनलाई मुख्य प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

सो अवसरमा निकासीमा उत्कृष्ट भूमिका निर्वाह गरेका व्यवसायीलाई उत्कृष्ट निर्यात अवार्ड २०१९ बाट सम्मानित गरिएको थियो । मेला कात्तिक ३ गते सम्म चल्ने छ ।