१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा

‘नेपाल-इन्डोनेसिया विजनेश फोरम’ बैठक काठमाडौंमा हुने

‘नेपाल-इन्डोनेसिया विजनेश फोरम’ बैठक काठमाडौंमा हुने
अ अ+ अ-

काठमाडौं ।आगामी कार्तिक १९ गते ‘नेपाल–इन्डोनेसिया विजनेश फोरम’ को बैठक काठमाण्डौमा हुने भएको छ ।

इन्डोनेशियामा जारी ३४ औं व्यापार मेलामा विहिबार आयोजित व्यापारिक अन्तरक्रियामा बैठकबारे जानकारी गराईएको हो । नेपालमा पहिलो पटक हुन लागेको नेपाल–इण्डोनेसिया बिजेनश फोरकमा बैठकमा दुवै देशका व्यवसायी, उद्योगी, आयात निर्यातकर्ताको सहभागिता हुनेछ । इन्डोनेशियामा हाम्रा संवाददातासंग कुरा गर्दै नेपालका लागि इण्डोनेसियाका राजदूत रीना सोमेरानोले काठमाण्डौमा हुने बैठकले नेपाल र इण्डोनेसियाका व्यवसायीलाई व्यापारिक साझेदारी र लगानीका लागि ढोका खुल्ने बताउनुभयो ।

नेपालबाट मेलामा सहभागी हुन गएका आइएमई ग्रुपका उपेन्द्र घिमिरेले खाद्यवस्तु, तयारी कपडा, चिया, कफि, इलेक्टीक सवारी साधन उत्पादन गर्ने उद्योग व्यवसायीहरु काठमाण्डौमा हुने बैठकमा सहभागी हुन आउने बताउनुभयो ।

कार्यक्रममा सहभागी इण्डोनेसियाली व्यवसायीहरु नेपालमा लगानी गर्न इच्छुक देखिएका छन् । पछिल्लो समय इण्डोनेसियामा नेपालीहरु पर्यटकको रुपमा घुम्न जाने क्रम बाक्लिएसंगै व्यवसायीहरुको नेपालप्रतिको चासो बढेको देखिन्छ ।

नेपाल र इण्डोनेसियाबीचको सम्बन्धमा नेपाल भन्दा इण्डोनेसिया एक कदम अगाडि देखिन्छ । इण्डोनेसियाले नेपाली राहदानी वाहकलाई अन अराइभल भिसा निशुल्क दिँदै आएको छ । नेपालले अन अराईभल भिसा दिए पनि शुल्क लिने गरेको छ । एशियामा उदाउँदो अर्थतन्त्र भएको इण्डोनेसिया (जी२०) राष्ट्रहरुको फोरममा आशियान मुलुकहरु मध्य एक्लो हो ।