१२ असार २०८३, शुक्रबार
,
Latest
शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्रीलाई हात्तीबाट पीडितले बुझाए ज्ञापन पत्र



अ+ अ-

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई झापा बाहुनडाँगी क्षेत्रका हात्तीपीडित नागरिकले ज्ञापनपत्र बुझाएका छन् ।

मुख्यमन्त्री कार्कीलाई नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न तथा जङ्गली हात्तीको आक्रमणबाट स्थानीयले थप समस्या झेल्न नपरोस् भनी मेचीनगर नगरपालिका–१ देखि ४ नं वडासम्मका नागरिकका तर्फबाट ज्ञापनपत्र बुझाइएको हो ।

स्थानीय सन्तोष सुवेदीको नेतृत्वमा रहेको प्रतिनिधिभण्डलले हरेक वर्ष भारतबाट आउने हात्तीको समूहले लगाइएको अन्नबाली नष्ट गर्ने तथा घरगोठ भत्काउने गरेकाले त्यसको स्थायी र प्रभावकारी रोकथाम गर्न मुख्यमन्त्री समक्ष आग्रह गरेको छ ।

बाहुनडाँगीदेखि राजमार्ग उत्तरका बासिन्दालाई भविष्यमा समेत जङ्गली जनावरको आक्रमणबाट जोगाउने प्रभावकारी योजना घोषणा गर्नसमेत ज्ञापनपत्रमा माग गरिएको छ ।

त्यस अवसरमा कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले मानव र वन्यजन्तुबीचको द्वन्दका रूपमा रहेको हात्तीसम्बन्धी समस्यालाई समाधान गर्न सरकारले पहलकदमी लिनुपर्ने धारणा राख्नुभयो । रासस