१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा

राप्तीमा विप्लव नेकपालाई ठूलो झट्का, नालिबेली सहित

राप्तीमा विप्लव नेकपालाई ठूलो झट्का, नालिबेली सहित
अ अ+ अ-

काठमाडौं । सरकारद्वारा राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाइएको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय नेतासहित २१ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रतिबन्धित नेकपाका मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द (वीरजंग) छन् । उनी पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का दाजु हुन् । प्रतिबन्धित नेकपाको राप्ती ब्युरो बैठक बसिरहेका वेला दाङको राजपुर गाउँपालिका–४ मुंग्रेटोखोलाबाट बिहीबार बिहान करिब ४ बजे उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार नेपाल–भारत सीमा क्षेत्रमा पर्ने मुंग्रेटोखोलामा ब्युरो बैठक चलिरहेको थियो । दाङका प्रहरी प्रमुख जनक भट्टराईले २१ जना विप्लव समूहका नेता–कार्यकर्ता पक्राउ परेको र उनीहरू कुन तहका हुन् भन्ने बारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।

कसरी गरियो पक्राउ ?
यति ठूलो संख्यामा विप्लवनिकट नेकपाका नेताहरूलाई बैठकस्थलबाटै पक्राउ गरिएको यो पहिलो घटना हो । प्रहरीनिकट स्रोतले दिएको जानकारीअनुसार केही दिनअघि नै सो स्थानमा शंकास्पद गतिविधि भएको जानकारीपछि प्रहरी चनाखो भएको थियो । जिल्ला मात्र नभएर प्रदेश प्रहरी र केन्द्रीय सिआइबीले समेत दाङमा आएर सो स्थानबारे आवश्यक जानकारी संकलन गर्नमा जुटेको थियो ।

विप्लवनिकट माथिल्लो तहका नेताहरू सो स्थानमा जम्मा भएको यकिन भएपछि बिहीबार राति नै प्रदेश, जिल्ला र गढवा इलाका प्रहरी कार्यालयको टोली मुंग्रेटाखोलातर्फ लागेको थियो । विप्लवनिकट नेताहरू भने राति ११ बजेसम्म बैठक र खाना सकेर सुतेका थिए । प्रहरीले राति १२ बजेदेखि नै नेताहरू सुतेको स्थानलाई चारैतिरबाट घेरबन्दी गरेको थियो । बिहान ४ बजे उनीहरूलाई एकैसाथ पक्राउ गरिएको स्रोतले जनायो । बैठकमा सल्यान, रोल्पा र प्युठानका नेताहरू टाढा गएर सुतेकाले पक्राउ पर्नबाट जोगिएको बताइएको छ ।

पार्टीभित्रैबाट सूचना चुहिएको आशंका
दाङको विकट राजपुर गाउँपालिका —४ को मुग्रेटाखोला दशवर्षे सशस्त्र युद्धकालमा माओवादीले भारत—नेपाल आवतजावत गर्दा प्रयोग गर्ने गोप्य बाटो हो । विकट स्थान र जंगली क्षेत्र भएकाले यो स्थानलाई भूमिगत गतिविधिका लागि माओवादीले प्रयोग गरेको थियो । हाल विप्लव नेकपाले पनि सो स्थानमा बैठक राखेको थियो ।

नेपालतर्फ मुख्य राजमार्गदेखि करिब ५ घन्टा पैदल हिँड्दा पुगिने सो स्थानमा भइरहेको बैठकबारे प्रहरीले कसरी सूचना पायो भन्ने प्रश्नले प्रतिबन्धित नेकपालाई झस्काएको छ । उसले पार्टीभित्रैबाट सूचना चुहेको आशंका गरेको छ । ‘पाँच घन्टा हिँडेर मात्र पुगिने, फोन पनि नलाग्ने र अन्य सञ्चारका साधन नचल्ने स्थानबारे प्रहरीले मोबाइल ट्र्याक गरेर थाहा पायो भनेर मान्न सकिने अवस्था छैन,’ सो पार्टीका जिल्लास्तरका एक नेताले भने, ‘आन्तरिक रूपमै कसैले सूचना चुहाएको प्रारम्भिक समीक्षा हामीले गरेका छौँ । यस विषयमा थप छानबिन हुनेछ ।’

अहिलेसम्म ९२१ जना नेता–कार्यकर्ता पक्राउ
दाङमा भएको पक्राउले विप्लवको प्रभाव क्षेत्र मानिने राप्तीमा ठूलो असर पर्ने देखिएको छ । यसअघि गत ८ चैतमा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ९ जना नेता–कार्यकर्ता पक्राउ परेका थिए । ओली प्रतिबन्धित नेकपाको पहिलो हाइप्रोफाइल नेतामा पर्छन् । सरकारले एकपछि अर्को गर्दै विप्लव नेतृत्वको नेकपालाई दबाब बढाउँदै लगेको छ ।

नेपाल प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार प्रतिबन्धयता बिहीबारसम्म ९ सय २१ जना पक्राउ गरिएको बताए । सबैभन्दा धेरै पक्राउ प्रदेश नम्बर पाँच १ सय ९२ जना, गण्डकी प्रदेशमा १ सय ७० जना, प्रदेश नम्बर एकमा १ सय २७ जना, उपत्यकामा १ सय २४ जना, सुदूरपश्चिममा १ सय १७ जना, प्रदेश नम्बर तीनमा ७२ जना र प्रदेश नम्बर २ मा ४० जना मात्रै पक्राउ परेका छन् ।

पार्टी छोडेर निष्क्रिय भई बस्नेको संख्या पनि बढ्दै गएको पोखरेलले बताए । प्रतिबन्धयता विप्लव नेतृत्वको नेकपाका ९ जना नेता–कार्यकर्ताको ज्यान गइसकेको छ । त्यसमध्ये ३ जना प्रहरीको कारबाहीमा मारिएका हुन् भने ६ जना आफैँले बोकेको बम विस्फोटमा परेका थिए ।

दाङ–देउखुरी, राप्तीपारि विप्लव प्रभावित क्षेत्र
दाङको देउखुरी राप्तीपारि हुलाकी सडक खण्डदेखि दक्षिण क्षेत्रका खोलाका बस्तीहरू सशस्त्र युद्धकालमा पनि माओवादी प्रभावित क्षेत्र मानिन्थ्यो । गढवा गाउँपालिका र राजपुर गाउँपालिका क्षेत्रका मारुरी खोला, मंग्रेटो खोला, गुरुङ खोला, मतेनीखोला, गंगदी खोला, नेपुवा खोला र सुनपत्री खोलामा विप्लवले आफ्ना गतिविधि बढाउँदै लगेपछि अनुसन्धान प्रहरीले माथिल्लो निकायलाई समेत जानकारी दिएको थियो ।

ती बस्तीहरू रोल्पा, रुकुम र सल्यानबाट बसाइँ सरी आएका गुरुङ, मगर र क्षेत्रीहरूको बसोवास भएकाले आफ्नो संगठन विस्तार गर्न विप्लव नेतृत्वका नेकपाका नेता–कार्यकर्ता पछिल्लो समय बाक्लो उपस्थित हुन थालेका थिए । चुरे क्षेत्रबाट बगेर राप्तीमा मिसिने सबैजसो खोलाका बस्तीहरूबाट सीधै भारत जान सकिने भएकाले लुकेर आफ्ना गतिविधि गर्न सुरक्षित मानिन्छ । तत्कालीन माओवादीले जस्तै विप्लव नेतृत्वका नेता–कार्यकर्ता पनि ती खोलाका बस्तीहरूबाट भारत जाने आउने गरेको प्रहरीको अनुमान छ । गत वर्ष २८ फागुनमा सरकारले नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो ।

को हुन् वीरजंग ?
चन्द्रबहादुर थापा ‘वीरजंग’ नेकपा महासचिव विप्लवका सहोदर जेठा दाजु हुन् । तीन दाजुभाइमध्ये माइला जयन्त चन्द खेलकुद क्षेत्रमा छन् । विप्लव र वीरजंग पूर्णकालीन राजनीतिमा छन् । उनी तत्कालीन संयुक्त जनमोर्चाबाट ०४९ सालको स्थानीय निकाय निर्वाचनमा कपिलवस्तुको शिवगढी गाउँपालिका अध्यक्षमा चुनिएका थिए ।

उनले माओवादी जनयुद्धमा अवध राज्य समिति सदस्य रहेर काम गरेका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि उनी कपिलवस्तुमा इन्चार्ज थिए । ०६९ सालमा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी गठन भएपछि उनी केन्द्रीय सदस्य बने । विप्लव नेतृत्वको माओवादी बनेपछि वीरजंग पोलिटब्युरो सदस्य भए । गत जेठमा पोलिटब्युरो विघटन गरेपछि उनी पार्टीको मध्यपश्चिम कमान्ड इन्चार्ज भएका थिए । हाल उनी पार्टीको मध्यपश्चिम कमान्ड इन्चार्ज छन् ।

को–को पक्राउ परे ?
पक्राउ पर्नेमा नेता चन्दसहित केन्द्रीय सदस्य, लुम्बिनी र राप्ती ब्युरोका नेताहरू छन् । पक्राउ पर्ने अन्य नेताहरूमा राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाठामगर, राप्ती ब्युरो संयोजक रामबहादुर थापा, राप्ती ब्युरो कार्यालय सचिव सविन पोख्रेल, दाङ जिल्ला इन्चार्ज यमलाल कटुवाल, जिल्ला सेक्रेटरी प्रदीप वली, युवा संगठनका केन्द्रीय अध्यक्ष बबिन केसी (पाटन) छन् ।

त्यस्तै, बुद्धिजीवी संगठनका सुनील पौडेल, जिल्ला जनपरिषद् सदस्य एकराज चौधरी र राजपुर गाउँपालिका सेक्रेटरी धनबहादुर बोहोरा पक्राउ परेका छन् । यसैगरी राष्ट्रिय दलित मोर्चाका जिल्ला अध्यक्ष सुरज विक, राप्ती ब्युरोका सदस्य तिलक पुन, हितप्रसाद रोका, पोस्टमान घर्ती, दलबहादुर खत्री, अमित घर्तीमगर, बालकृष्ण शर्मा, जित क्षेत्री, रमेश आचार्य, विष्णु थापा र कुलबहादुर ओली पनि पक्राउ परेको स्रोतले जानकारी दिएको छ । नयाँ पत्रिका दैनिकबाट