१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको प्रतिस्पर्धा अब पाँच उम्मेदवारमा सीमित भएको छ। अन्तिम समयमा थप तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि चुनावी समीकरण फेरिएको हो।

निर्वाचन आयोगका अनुसार प्रमोद न्यौपाने, राजुनाथ पाण्डे र गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएका छन्। यसअघि जगदीश खरेल र कविन्द्र बुर्लाकोटीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका थिए।

सुरुमा १० जनाले उम्मेदवारी दर्ता गराएको महामन्त्री पदमा अब मनिष झा, रन्जु दर्शना, गणेश कार्की, सागर ढकाल र विपिनकुमार आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ।

उम्मेदवारी फिर्ताको क्रमसँगै रास्वपाको महामन्त्री पदको निर्वाचन पाँच प्रत्यासीबीचको अन्तिम भिडन्तमा परिणत भएको छ।