१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

रास्वपाको उपसभापति पदमा सोबिता र तोसिमाबीच प्रतिस्पर्धा

रास्वपाको उपसभापति पदमा सोबिता र तोसिमाबीच प्रतिस्पर्धा
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महिला उपसभापति पदका लागि सोबिता गौतम र तोसिमा कार्कीबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले शुक्रबार बिहान सार्वजनिक गरेको पदाधिकारी उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार दुवैले आफ्नो उम्मेदवारी कायम राखेका छन्। महिला उपसभापति पदमा अन्य केही नेताको नाम चर्चामा रहे पनि उनीहरूले उम्मेदवारी दर्ता नगरेपछि प्रतिस्पर्धा सोबिता र तोसिमाबीच सीमित भएको हो।

हालै सम्पन्न केन्द्रीय सदस्य निर्वाचनमा सोबिता गौतमले २ हजार ६४१ मत प्राप्त गर्दै स्वर्णिम वाग्लेपछि दोस्रो सर्वाधिक मत ल्याएकी थिइन्। तोसिमा कार्कीले २ हजार ३०२ मत प्राप्त गरेकी थिइन्।

रास्वपाको संशोधित विधानअनुसार पार्टीमा १९ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ। तीमध्ये सभापतिसहित सात पद निर्वाचित हुनेछन् भने बाँकी १२ पद मनोनयनमार्फत पूर्ति गरिनेछ।

सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। अब उपसभापति (खुला), महिला उपसभापति, महामन्त्री (खुला), दुई सहमहामन्त्री (खुला) र एक महिला सहमहामन्त्री गरी बाँकी ६ पदका लागि मतदान हुनेछ।