१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा

कांग्रेस–फोरम समायोजन, अझै आएन गच्छदारका ११ जनाको नाम

कांग्रेस–फोरम समायोजन, अझै आएन गच्छदारका ११ जनाको नाम
अ अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले गत निर्वाचनमा कांग्रेसमा समाहित भएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट केन्द्रीय सदस्य हुने ११ जनाको नाम अझै उपलब्ध गराएका छैनन्। आफ्नो पार्टीलाई कांग्रेसमा समाहित गराएपछि फोरमका तत्कालीन अध्यक्ष गच्छदार कांग्रेस उपसभापति एवं संसदीय दलको उपनेता बनिसकेका छन् ।

यही असोज १० गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले केन्द्रीय समितिमा ११ जनासहित अन्य सांगठनिक संरचनामा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट समायोजन हुने संख्या, पद र अन्य कार्यविधि पारित गरेको थियो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने– ‘गच्छदारबाट ती नाम आएपछि हामी सार्वजनिक गर्नेर्छौं।’कांग्रेस उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित समायोजन समितिले तय गरेको संख्या, पद र विधिमा गत वर्ष महासमितिको बैठकमा सहभागी तत्कालीन फोरमका १ सय ४८ जना पर्यवेक्षकसहित २ सय जना महासमिति सदस्य हुने उल्लेख छ।

उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री डा.प्रकाशशरण महत, केन्द्रीय सदस्य महेश आचार्य र केन्द्रीय सदस्य दीपक गिरी सदस्य रहेको समायोजन समितिले महासमिति सदस्य २ सयसहित ६ सय जनालाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय भएको थियो। यसअनुसार मोरङमा १ उपसभापति, १ सहसचिव, १५ सदस्य, सुनसरीमा १ उपसभापति, १ सहसचिव र ११ सदस्य, कैलालीमा १ उपसभापति, १ सहसचिव र ११ सदस्य, बर्दियामा १ उपसभापति, १ सहसचिव र ५ सदस्य, सप्तरीमा १ उपसभापति, १ सहसचिव र ५ सदस्य, सर्लाही, दाङ, पर्सा र काभ्रेमा १/१ उपसभापति र ७/७ सदस्य, झापा र रूपन्देहीमा १/१ उपसभापति र ५/५ सदस्य तत्कालीन फोरममा समायोजित हुनेछन्।

यस्तै बारा र बाँकेमा १–१ उपसभापति र ३–३ सदस्य, ओखलढुंगा, सिरहा, धनुषा, रौतहट, चितवन, कपिलवस्तु र कञ्चनपुरमा १–१ सहसचिव र ३–३ सदस्य, उदयपुर र महोत्तरीमा सहसचिव १–१ र सदस्य २–२ जना फोरममा समायोजित हुनेछन्। काठमाडौं र नवलपरासीमा समायोजन हुनेको संख्या र पद भने तोकिएको छैन।

केन्द्रीय, प्रदेश, जिल्ला, प्रदेश सभा, प्रतिनिधिसभा, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, गाउँ, नगर–वडा, भ्रातृ संघ र शुभेच्छुक संस्थाको कार्यसमितिमा अझै पनि समायोजन हुन सकेको छैन। प्रवक्ता शर्माका अनुसार जिल्लामा समायोजन प्रक्रिया टुंगिन बाँकी छ। सोही कार्यका लागि उपसभापति गच्छदार बुधबार सुनसरीमा रहेका थिए। नेपाल समाचारपत्र दैनिकबाट