६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी



अ+ अ-

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा अर्का प्रत्यासी कुल आचार्यलाई पछि पार्दै कुमार पन्त बिजयी भएका छन् । औपचारिक घोषणा हुन भने बाकि नै रहेको छ। नेकपा निकटबाट कुमार पन्त र काँग्रेस निकटबाट कुल आचार्यले निर्वाचनमा प्यानल नै बनाएर चुनाव लडेका हुन् ।

मतगणना बिहीबार राति ११ बजेदेखि सुरु भएको थियो । बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो। सो निर्वाचन आगामी दुई वर्षको नेतृत्व चयनका लागि भएको हो । दुई हजार ५७० मतदाता रहेकोमा दुई हजार ३४० मात्र मत खसेको छ ।

विहिवार राती नै अन्तिम अतपरिणाम आइसक्ने अपेक्षा गरिएपनि सामान्य विवादकै कारण शुक्रबार मात्र अन्तिम मतपरिणाम आएको हो । यस वर्षको गैरआवासीय नेपालीको हर्कतका कारण नवौं विश्व सम्मेलन नै विवादित बन्न पुगेको छ ।