९ भाद्र २०८३, मंगलवार
,
Latest
पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै तीन हजारले लिए छुट सुविधा यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ



अ+ अ-

काठमाडौँ। गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न रहेको आरोपमा काठमाडौँको साविक मातातिर्थ गाविस–७ की ४७ वर्षीया   चेतन एएम पौडेल पक्राउ परेकी छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)बाट खटिएको प्रहरी टोलीले उनलाई चन्द्रागिरी नगरपालिका–८ स्थित एक स्वास्थ्य संस्थाबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार चन्द्रागिरी–८ मा सञ्चालित ‘स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्ट’मा पौडेल आफूले प्राप्त नगरेको चिकित्सकको उपाधि प्रयोग गर्दै आएको र नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्रबिनै बिरामीको आधुनिक चिकित्सा पद्धतिअनुसार निदान तथा उपचारमा संलग्न रहेको खुलेको छ ।

उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तरगत इलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस