१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपभोक्ता ठग्ने बालुवा गिट्टी डिपोका २१ सञ्चालक पक्राउ



अ+ अ-

काठमाडौं । उपभोक्ता ठगी गरेको आरोपमा २१ बालुवा गिट्टी डिपो सञ्चालक पक्राउ परेका छन् । शुक्रबार काठमाडौंका विभिन्न ठाउँबाट बालुवा गिट्टी डिपो सञ्चालक पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार कम्पनीले दिएको ढाला खोली सामान निकालेर नक्कली ढाला राखी सामान पठाउने गरेकोले उनीहरू पक्राउ परेका हुन् ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेकालाई अहिले महानगरीय प्रहरी अपराध महाशाखामा राखिएको र उनीहरूको बारेमा आज दिउँसो २:३० मा पत्रकार सम्मेलन गरेर जानकारी दिने बताइएको छ ।