१७ असार २०८३, बुधबार
,
Latest
मुस्ताङमा युरेनियम उत्खननबारे नेपाली सेना–अमेरिकी सेनाबीच कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल संसदीय शासन प्रणाली असफल भइसक्यो, प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली उपयुक्त विकल्प हुनसक्छः वामदेव गौतम देश फिल्मी संवाद र ‘ह्याङओभर’बाट चल्दैनः सांसद शर्मा सरकार दुई तिहाइ बहुमतको आडमा मनपरी ढंगले अघि बढ्न खोज्यो, खबरदारी गर्नुपर्छः युवराज ज्ञवाली न्युनतम यात्रु पनि नभएपछि कतिपय विमानस्थलहरु नियमित रुपमा सञ्चालन गर्न सकिएनः पर्यटनमन्त्री पौडेल भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभाग प्रवेश गरेको हो, यसमा अरु नियोजित एवं गलत… कुटनीतिक वार्तामार्फत सीमा विवाद समाधान गर्न सरकार प्रतिवद्ध, सुस्तामा तटबन्ध निर्माणबारे भारतीय पक्षसँग समन्वय हुँदै डिशहोमको तुषाल मल्टिभेन्युसँग हातेमालो, भर्चुअल प्रिभिलेज कार्डमार्फत सुविधा प्रदान गर्ने स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग काभ्रेपलाञ्चोकमा सवारी दुर्घटनामा युवतिको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरकारीको मूल्य आकासियो



अ+ अ-

सुनसरी। सुनसरी सदरमुकाम इनरुवासहित आसपासका क्षेत्रमा तरकारीको मूल्य आकासिएको छ । सुनसरी सदरमुकाम इनरुवा, लौकही देवानगञ्ज, हरिनगर, हरिपुर, भोक्राहा नरसिंहलगायतका क्षेत्रमा तरकारीको मूल्य आकासिएको हो ।

तिहार छठ भाइटीकालगायतका हिन्दूको महान् पर्व नजिकिएसँगै तरकारीको मूल्य आकासिएको स्थानीय उपभोक्ता डुमरलाल मेहताले बताउनुभयो । सुनसरी तरकारीका लागि उर्बर भूमि भएको र यहाँका तरकारी उत्पादन बाहिर पनि जाने गरेको भए पनि यहाँकै उपभोक्ता महँगो मूल्य तिरेर तरकारी खान बाध्य भएको स्थानीय उपभोक्ता चुना निरौलाले बताउनुभयो ।

यहाँ अहिले काउली, रायो साग, भाण्टा, बोडी, रामतोरियाँ, परबल, टमाटर लगायतका तरकारीको मूल्य बढेको उपभोक्ताको भनाइ छ । पहिले प्रतिकिलो रु ३० मा पाउने तरकारी अहिले प्रतिकिलो रु ८० देखि १०० मा पाउने गरेको उपभोक्ता शर्मिला देवले बताउनुभयो ।

अहिले बजारमा काउली प्रतिकिलो रु १०० देखि १३० सम्म, टमाटर रु १००, परवल प्रतिकिलो रु १०० देखि १५०, बोडी प्रतिकिलो रु १०० देखि १२० सम्ममा बिक्री भइरहेको उपभोक्ता चन्दन मेहताले बताउनुभयो । तरकारीको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेको गुनासो गरेका छन् ।




भर्खरै