६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

“देशको प्रतिष्ठा बढाउने गरी प्रस्तुत हुनोस्”



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र नेपालीको गौरव र प्रतिष्ठा बढाउने ढङ्गबाट अनुशासित र मर्यादित भएर प्रतियोगितामा प्रस्तुत हुन खेलाडीलाई निर्देशन दिनुभएको छ । सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा भाग लिन यहाँ आइपुग्नुभएका उपपप्रधानमन्त्री पोखरेलले खेलाडीले गर्ने व्यवहारले देश र सङ्गठनको छवि झल्कने भएकाले अनुशासित भई ज्ञानलाई कुशलतापूर्वक प्रयोग गर्न सुझाव दिनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “यो खेलमा सहभागिता नेपालीका लागि निकै महत्वपूर्ण हो, सेनाका खेलाडीका लागि विशेष अवसरका रुपमा रहेको छ, नेपाल र नेपालीको छवि उच्च राख्ने गरी प्रतियोगितामा खेलाडीले प्रस्तुत हुनुपर्छ, प्रतियोगितामा भाग लिन पाउँदा हाम्रो गौरव बढेको छ ।”

यहाँ हामीले राम्रो बोली, व्यवहार, चरित्र र क्रियाकलाप देखाउनुपर्छ । उहाँ चीनका रक्षामन्त्री वीइ फिङको निमन्त्रणामा यहाँ आउनुभएको हो । उहाँले खेलाडी रहेको स्थान र प्रशिक्षण स्थलको अवलोकनसमेत गर्नुभयो । इन्टरनेशनल मिलिटरी स्पार्टस् काउन्सिल (सिआइएसएम) को समयन्वयमा यस पटकको गृष्मकालीन विश्व सैनिक खेलकूद प्रतियोगिता चिनियाँ जनमुक्ति सेनाले आयोजना गरेको हो । प्रत्येक चार वर्षमा हुने सो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको छ ।

विश्वका सैनिकबीच हुने यस खेल प्रतियोगितालाई ठूलो तथा शक्ति राष्ट्रले निकै चासोका साथ हेर्ने गरेको पाइन्छ । खेल विधामा ४० नेपालीसहित विश्वका १० हजार ७१९ सैनिक खेलाडीले यस प्रतियोगिता प्रतिस्पर्धा गर्दैछन् । नेपालले १३ विधामा प्रतिष्पर्धा गर्दैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरिसकेको काउन्सिलका पदाधिकारीको आज बसेको बैठकमा जानकारी दिइयो । उहान शहर होलहरु अहिले विदेशी खेलाडीले भरिभराउ भएको छ ।

मस्कट ‘वीङवीङ’ अर्थात् समुद्री माछा चयन गरिएको यो प्रतियोगितालाई सातौँ शान्ति खेलकूद नामाकरण गरिएको छ । नेपालसहित विश्वका १०५ मुलुकमा १० हजार ७१९ खेलाडीको सहभागिता रहेको यो सैनिक खेलकूद प्रतियोगिता कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ ।

यस खेलकूद प्रतियोगितालाई ओलम्पिकपछिको दोस्रो ठूलो खेलकूद महोत्सवका रुपमा लिने गरिन्छ । प्रतियोगितामा दुई प्रदर्शनी खेलसहित २७ खेल समावेश गरिएको छ । यो प्रतियोगितामा विभिन्न विधा र समूहमा गरी ३२८ वटा प्रतिस्पर्धा हुनेछन् । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्ण पदक विजेता र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।

उक्त अवसरमा उपरथी शनिचन्द्रबहादुर सिंह र महासेनानी शशिकिरण रायमाझीले सातौँ प्रतियोगिताको वस्तुस्थिति र नेपाली खेलाडीको तयारी अवस्थाबारे जानकारी गराउनुभएको थियो । प्रतियोगिताको उद्घाटन आज राति ८ बजे हुँदैछ ।