१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन विपद्पछि खानेपानीको पखाइमा उपभोक्ता आँबुखैरेनीका अध्यक्षले दिए पृथ्वी राजमार्ग भत्काइदिने चेतावनी राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी खोज,उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन क्रसर महासंघको सबै जिल्ला संघहरुलाई अपिल बर्दघाट–दाउन्ने सडक आज रातभर बन्द रहने झ्याप्ले खोला पहिरो हटाउन दुई घण्टा राजमार्ग बन्द तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो: एमाले एमालेद्वारा सरकारको राहत कोषमा रु ५० लाख दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्फराजकाे टेस्ट र टी–२० क्रिकेट कप्तानकाे पद गुम्याे, एक दिवसीयमा यथावत



अ+ अ-

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले अनुभवी विकेटकिपर एवं ब्याट्सम्यान सर्फराज अहमदलाई टेस्ट र टी–२० क्रिकेटको कप्तानबाट हटाएको छ ।

सर्फराज अहमद ।

बोर्डले सर्फराजलाई हटाउँदै टेस्ट क्रिकेटको कप्तानमा ब्याट्सम्यान अजहर अली र टी–२० क्रिकेटमा बाबर आजमलाई कप्तानमा नियुक्त गरेको छ । तर एकदिवसीय क्रिकेटको कप्तानमा भने सर्फराज नै रहने छन् ।

हालै पाकिस्तान भ्रमणमा आएको दोस्रो दर्जाको श्रीलंकाली टोलीसँगका तीन वटै टी२० खेलमा पाकिस्तान पराजित भएपछि सर्फराजको कप्तानीमाथि दबाब परेको थियो ।

पाकिस्तानले यही नोभेम्बरमा अष्ट्रेलियासँग तीन खेलको टी–२० शृंखला र दुई खेलको टेस्टकाे शृंखला क्रिकेट खेल्दैछ ।

टेष्ट क्रिकेटको कप्तानीको जिम्मेवारी पाएपछि आफ्नो लागि ठूलो अवसर भएको भन्दै अलीले सर्फराजले निकै राम्रो तरिकाले कप्तानको भूमिका निभाएको बताएका छन् ।

सर्फराजले पाकिस्तानी टिमकाे नेतृत्व गर्न पाएकामा गाैरवकाे अनुभूति भएकाे बताउँदै नवनियुक्त मेरा सहकर्मीहरू, प्रशिक्षक र चयनकर्तालाइ धन्यवाद दिनुभएकाे छ । उहाँले अजहर अलि र बाबरकाे नियुक्तिले पाकिस्तानी टिमलाइ अझ उचाइमा लैजान सहयाेग पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।