१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन विपद्पछि खानेपानीको पखाइमा उपभोक्ता आँबुखैरेनीका अध्यक्षले दिए पृथ्वी राजमार्ग भत्काइदिने चेतावनी राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी खोज,उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन क्रसर महासंघको सबै जिल्ला संघहरुलाई अपिल बर्दघाट–दाउन्ने सडक आज रातभर बन्द रहने झ्याप्ले खोला पहिरो हटाउन दुई घण्टा राजमार्ग बन्द तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो: एमाले एमालेद्वारा सरकारको राहत कोषमा रु ५० लाख दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

यात्रु तानातान गरेमा जरिवाना तिर्नुपर्ने



अ+ अ-

सुर्खेत । बसपार्कमा जथाभावी रुपमा यात्रु तानातान गरेपछि जरिवाना तिर्नुपर्ने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले निर्माण गरेको बसपार्क व्यवस्थापन कार्यविधि २०७६ मा यात्रुमैत्री व्यवहार नगरेमा ५०० जरिवाना तिनुपर्ने व्यवस्था गरिएको छ ।

वीरेन्द्रनगरमा रहेको नवनिर्मित बसपार्कलाई व्यवस्थितरुपमा सञ्चालन गर्नको लागि वीरेन्द्रनगर नगरपालिकाले बसपार्क सञ्चालन कार्यविधि निर्माण गरेको हो । नगरपालिकाको स्वामित्वमा रहेको सिटी बसपार्कलाई व्यवस्थापन गर्नुको साथै नगरको बस पार्किङ व्यवस्थापन गर्नको लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा ७ बमोजिम उक्त कार्यविधि निर्माण गरिएको नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बताउनुभयो । कार्यविधिअनुसार बसपार्कभित्र सवारीसाधनको साथै टिकट काउण्टरको तथा पसलको व्यवस्थापनको लागि विभिन्न शुल्कको व्यवस्था गरिएको छ ।

त्यसैगरी तोकिएको स्थानमा पार्किङ, नगर्नुका साथै बसपार्कभित्र टा«फिक नियमपालना नगरेमा रु एक हजार जरिवाना तिर्नुपर्ने भएको छ । साथै गल्ती दोहोरिएमा दोब्बर जरिवाना बुझाउनुपर्नेछ । कार्यविधिमा बसपार्कमा प्रवेश गर्ने लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधनको छुट्टाछुट्टै प्रवेश शुल्क निर्धारण गरिएको छ । लामो दूरीमा चल्ने ठूला सवारीसाधनको लागि रु १००, लामो दूरीमा चल्ने साना सवारीसाधन र छोटो दूरीमा चल्ने ठूला सवारीसाधनको रु ५० र छोटो दूरीमा चल्ने साना सवारीसाधन रु ३० प्रवेश शुल्क निर्धारण गरिएको छ । बसपार्कमा रात बिताउनुपर्ने बसको रु २०० र माइक्रो बसको रु १५० शुल्क निर्धारण गरिएको छ ।

बसपार्कको सञ्चालन तथा व्यवस्थापनमा सहयोग गर्नुका साथै बसपार्कलाई सही ढङ्गबाट व्यवस्थापन गरी नगरको सौन्दर्य वृद्धिमा सहयोग गर्ने उद्देश्यले कार्यविधि निर्माण गरिएको हो । बसपार्क व्यवस्थापन तथा अनुगमन गर्नको लागि नगरप्रमुखको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

कार्यविधिअनुसार बसबाहेकका अन्य सवारीसाधनलाई बसपार्कभित्र प्रवेशमा निषेध गर्नुको साथै नगरपालिकाबाट स्वीकृत रकमभन्दा बढी भाडा लिन नपाइने भएको छ । छ महीना अघि वीरेन्द्रनगर नगरपालिकामा निर्माण सम्पन्न भइसकेको सिटी बसपार्क लामो समयदेखि सञ्चालनमा आएको थिएन । बसपार्क सञ्चालनमा नआउँदा यात्रु र यातायात व्यवसायीले सास्ती भोग्दै आइरहेका थिए । बसपार्क निर्माणको काम सकिए पनि प्राविधिक कारणले हस्तान्तरण गर्न ढिलाइ भएको नगरपालिकाका इञ्जिनीयर विशाल अधिकारीले बताउनुभयो । पहिलो पटक छ महीना म्याद थप गरेको कम्पनीले दोस्रोपटक एक वर्षको म्याद थपेको थियो । नगर विकास कोषबाट रु छ करोड ५९ लाखमा ऋण लिएर नगरपालिकाले बसपार्क निर्माण गरेको हो ।