२३ भाद्र २०८३, मंगलवार
,
Latest
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयाेगले सार्वजनिक गर्याे उपनिर्वाचनको कार्यतालिका



अ+ अ-

काठमाडौँ: निर्वाचन आयाेगले प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनको उम्मेदवारी दर्ता कात्तिक २१ मा र स्थानीय तहको कात्तिक २७ गते गर्नेगरी शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेकाे छ । तीनवटै तहका रिक्त ५२ पदका लागि मंसिर १४ गते उपनिर्वाचन गर्ने याेजना छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कानुनले प्रतिनिधिसभा/प्रदेशसभाका लागि चुनाव प्रचारप्रसारको अवधि कम्तीमा १५ दिन तथा स्थानीय तहका लागि कम्तीमा ८ दिन हुनुपर्ने भनेकाले मनोनयन दर्ताको मिति अलग-अलग भएको बताए ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मनोनयनपत्र दर्ताका लागि कात्तिक २१ गते बिहान १० बजेदेखि दिउँसाे १.३० बजेसम्मको समय निर्धारण गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारी मनोनयन दर्ता निर्वाचन हुने जिल्लाको सदरमुकामस्थित निर्वाचन कार्यालयमा हुनेछ ।
उम्मेदवारी मनोनयन भएकै दिन अपराह्न ३ बजेभित्र उम्मेदवारको सूची प्रकाशन गरिने, भोलिपल्ट २२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते उजुरीउपर जाँचबुझ र नामावली प्रकाशनको कार्यक्रम तोकिएको छ । उम्मेदवारी फिर्ता लिन कात्तिक २४ गते बिहान १० देखि १ बजेसम्मको समय तोकिएको छ । त्यही दिन अन्तिम नामावली प्रकाशन गरिनेछ । २५ गते उम्मेदवारले निर्वाचन चिह्न प्राप्त गर्नेछन् ।
आयोगले निर्धारण गरेको निर्वाचन कार्यक्रमअनुसार स्थानीय तहतर्फ कात्तिक २७ गते बिहान १० देखि १ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । त्यही दिन उम्मेदवारको सूची प्रकाशन गरिनेछ । २८ गते उम्मेदवारउपर उजुरी गर्ने, २९ गते नामावली प्रकाशन, ३० गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तोकिएको छ ।
कात्तिक १ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गरिनेछ । स्थानीय तहका उम्मेदवारले प्रचारप्रसारका लागि १० दिन समय पाउनेछन् ।

प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नं. २ मा उपनिर्वाचन हुँदैछ । त्यस क्षेत्रबाट निर्वाचित तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । प्रदेशसभातर्फ भक्तपुर १ (१) र बागलुङ २(२) मा उपनिर्वाचन हुन लागेको हो ।

भक्तपुरबाट निर्वाचित प्रदेशसभा सदस्य हरिशरण लामिछाने र बागलुङबाट निर्वाचित टेकबहादुर घर्तीमगरको निधनपछि ती स्थान रिक्त भएका हुन् । त्यस्तै, प्रदेशसभा ५ मा निर्वाचित सदस्य उत्तरकुमार ओलीको निधनका कारण प्रदेशसभा निर्वाचन क्षेत्र दाङ ३(२) मा उपनिर्वाचन हुँदैछ ।