६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयाेगले सार्वजनिक गर्याे उपनिर्वाचनको कार्यतालिका



अ+ अ-

काठमाडौँ: निर्वाचन आयाेगले प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनको उम्मेदवारी दर्ता कात्तिक २१ मा र स्थानीय तहको कात्तिक २७ गते गर्नेगरी शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेकाे छ । तीनवटै तहका रिक्त ५२ पदका लागि मंसिर १४ गते उपनिर्वाचन गर्ने याेजना छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कानुनले प्रतिनिधिसभा/प्रदेशसभाका लागि चुनाव प्रचारप्रसारको अवधि कम्तीमा १५ दिन तथा स्थानीय तहका लागि कम्तीमा ८ दिन हुनुपर्ने भनेकाले मनोनयन दर्ताको मिति अलग-अलग भएको बताए ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मनोनयनपत्र दर्ताका लागि कात्तिक २१ गते बिहान १० बजेदेखि दिउँसाे १.३० बजेसम्मको समय निर्धारण गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारी मनोनयन दर्ता निर्वाचन हुने जिल्लाको सदरमुकामस्थित निर्वाचन कार्यालयमा हुनेछ ।
उम्मेदवारी मनोनयन भएकै दिन अपराह्न ३ बजेभित्र उम्मेदवारको सूची प्रकाशन गरिने, भोलिपल्ट २२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते उजुरीउपर जाँचबुझ र नामावली प्रकाशनको कार्यक्रम तोकिएको छ । उम्मेदवारी फिर्ता लिन कात्तिक २४ गते बिहान १० देखि १ बजेसम्मको समय तोकिएको छ । त्यही दिन अन्तिम नामावली प्रकाशन गरिनेछ । २५ गते उम्मेदवारले निर्वाचन चिह्न प्राप्त गर्नेछन् ।
आयोगले निर्धारण गरेको निर्वाचन कार्यक्रमअनुसार स्थानीय तहतर्फ कात्तिक २७ गते बिहान १० देखि १ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । त्यही दिन उम्मेदवारको सूची प्रकाशन गरिनेछ । २८ गते उम्मेदवारउपर उजुरी गर्ने, २९ गते नामावली प्रकाशन, ३० गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तोकिएको छ ।
कात्तिक १ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गरिनेछ । स्थानीय तहका उम्मेदवारले प्रचारप्रसारका लागि १० दिन समय पाउनेछन् ।

प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नं. २ मा उपनिर्वाचन हुँदैछ । त्यस क्षेत्रबाट निर्वाचित तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । प्रदेशसभातर्फ भक्तपुर १ (१) र बागलुङ २(२) मा उपनिर्वाचन हुन लागेको हो ।

भक्तपुरबाट निर्वाचित प्रदेशसभा सदस्य हरिशरण लामिछाने र बागलुङबाट निर्वाचित टेकबहादुर घर्तीमगरको निधनपछि ती स्थान रिक्त भएका हुन् । त्यस्तै, प्रदेशसभा ५ मा निर्वाचित सदस्य उत्तरकुमार ओलीको निधनका कारण प्रदेशसभा निर्वाचन क्षेत्र दाङ ३(२) मा उपनिर्वाचन हुँदैछ ।