१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन विपद्पछि खानेपानीको पखाइमा उपभोक्ता आँबुखैरेनीका अध्यक्षले दिए पृथ्वी राजमार्ग भत्काइदिने चेतावनी राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी खोज,उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन क्रसर महासंघको सबै जिल्ला संघहरुलाई अपिल बर्दघाट–दाउन्ने सडक आज रातभर बन्द रहने झ्याप्ले खोला पहिरो हटाउन दुई घण्टा राजमार्ग बन्द तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो: एमाले एमालेद्वारा सरकारको राहत कोषमा रु ५० लाख दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिरामीको विश्वास जित्दै सरकारी अस्पताल



अ+ अ-

डोटी । जिल्ला अस्पताल डोटीले पछिल्लो समय सेवाग्राहीको विश्वास जित्दै आएको छ । डोटी जिल्लाका मात्र नभएर जिल्लाभन्दा बाहिरका बिरामी पनि उपचारका लागि उक्त अस्पतालमा आउने गरेका छन् ।

अस्पतालले प्रसूति शल्यक्रियामा सुदूरपश्चिमको पहाडी जिल्लामा सेवाग्राहीको विश्वास जितेको अस्पताल प्रशासनको दाबी छ । छिमेकी जिल्ला अछाम, डडेल्धुरा र बाजुराबाट समेत शल्यक्रियाका लागि बिरामी आउने गरेको जिल्ला अस्पताल डोटीका डाक्टर गिरिष अवस्थीले बताए । उनले भने, “पछिल्लो समय हामीसँग उपकरण, चिकित्सक र औषधि उपलब्ध भएकाले हामीले सेवाग्राही बिरामीको रोग निको पार्न सफल भएका छाँै, त्यसैले पनि बिरामीको सङ्ख्या थपिँदै गएको हो ।”

डडेल्धुराको उपक्षेत्रीय अस्पातलमा सम्भव नभएपछि अमरगढी नगरपालिका–८ की हमेन्ती ओझा केही समय पहिले जिल्ला अस्पताल डोटीमा आएका थिए । सुदूरपश्चिमको पहाडी जिल्लाको रिफरल हस्पिटलका रुपमा रहेको उपक्षेत्रीय अस्पातलमा नसकिएको प्रसूति डोटी अस्पतालमा सफल भएपछि उनी हालै घर फर्किएका छन् ।

चिकित्सक नभएका कारण उपचार सम्भव नभएको भन्दै उहाँलाई डोटी सिफारिश गरिएको थियो । उपचार सफल भएपछि अहिले जिल्ला अस्पतालमा बिरामीको भीड लाग्ने गरेको डा। अवस्थीले दाबी गरे ।

उनले भने, “डडेल्धुराले डोटी पठायो, उपचार हुन्छ कि हँुदैन भन्ने चिन्तामा थियौँ, तर उपचार सफल भएको छ ।” ओझाको जिल्ला अस्पताल डोटीमा शल्यक्रियाबिना नै प्रसूतिको सफल उपचार भएको जिल्ला अस्पताल डोटीले जनाएको छ ।

जिल्ला अस्पताल डोटीमा एक वर्षमा ६८ को प्रसूति शल्यक्रिया सफल गरिएको अस्पतालका प्रमुख तथा डा भुषण मिश्रले जानकारी दिए । सहज तरिकाले बच्चा पाउन नसकेका महिलाको शल्यक्रियामार्फत बच्चा निकालिएको उनले बताए ।

३० महिलाले पहिलो बच्चा पाउँदा पनि शल्यक्रिया गरेको र उनहरुको पुनः दास्रोपटक शल्यक्रिया गरिएको जिल्ला अस्पतालका डा गिरिष अवस्थीले जानकारी दिए ।