७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री परिषद हेरफेरबारे मन्त्री बस्नेतकाे खुलासा !



अ+ अ-

सुर्खेत । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्रीको अधिकार भएको बताउनुभएको छ । सुर्खेत विमानस्थलमा प्रेस सङ्गठन सुर्खेतले आज गरेको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले मन्त्रिपरिषद् कस्तो बनाउने र मन्त्रीहरु हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीकै भएको बताउनुभएको हो । “मन्त्रिपरिषद् परिवर्तन गर्ने कुरा प्रधानमन्त्रीको कुरा हो, उहाँको सहजताका लागि हो, उहाँले केही हेरफेर गर्न सक्नुहुन्छ”, उहाँले भन्नुभयो । पत्रकारको प्रश्नमा मन्त्री बस्नेतले मन्त्री परिवर्तनको विषय नयाँ नभएको र बाहिर आएजस्तो गरी मन्त्रिपरिषद् हेरफेरको चर्चा नभएको स्पष्ट पार्नुभयो ।

मन्त्री बस्नेतले कर्णाली प्रदेशलाई विकासको राष्ट्रिय मूलप्रवाहमा सहभागी गराउने बताउनुभयो । कर्णालीको विकासमा सबैको भूमिका आवश्यक भएको भन्दै मन्त्री बस्नेतले यो वर्ष आर्थिक, सामाजिक विकासको वर्ष हुने बताउनुभयो । आर्थिक विकास र संरचना निर्माण सरकारको पहिलो प्राथामिकता भएकाले अब सबैतिर विकासले गति लिने बताउनुभयो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माण गरिने प्रादेशिक विमानस्थल जमीनको कारण नरोकिने भन्दै यसको काम छिट्टै सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । सरकारले बाढीपीडितको समस्या समाधान गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै मन्त्री बस्नेतले बाढीपीडितको समस्या समधान हुने विश्वास व्यक्त गर्नुभयो ।