६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहद्वारा प्रमुख जिल्ला अधिकारीहरूको सरुवा



अ+ अ-

काठमाडौं । गृहमन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ ।

कात्तिक १ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार सरकारले स्याङजा, बर्दिया, गुल्मी, दार्चुला र ईलाका प्रशासन कार्यालय चन्द्रौटा कपिलवस्तुमा सुरुवा गरेको हो ।

कोशहरि निरौलालाई स्याङजाबाट गुल्मीमा सरुवा गरिएको छ भने रामबहादुर कुरुम्वाङलाई बर्दियाबाट स्याङजा सरुवा गरिएको छ ।

शंकरबहादुर विष्टलाई दार्चुलाबाट ईलाका प्रशासन कार्यालय चन्द्रौटा, यदुनाथ पौडेललाई गुल्मीबाट दार्चुला, कपिलवस्तु र प्रेमलाल लामिछानेलाई चन्द्रौटाबाट बर्दिया सुरुवा गरिएको विज्ञप्तिमा उल्लेख छ ।