६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत-द अफ्रिका तेस्राे टेस्टः राेहित शर्माकाे शतक



अ+ अ-

काठमाडाैंः भारत र दक्षिण अफ्रिकाबीच भारतकाे राँचीमा शुरू भएकाे तेस्राे तथा अन्तिम टेस्ट क्रिकेट वर्षाले प्रभावित भएकाे छ । टस जितेर पहिले ब्याटिङ गरेकाे भारतले सन्तुलित प्रदर्शन गरेकाे छ ।

राेहितकाे शतकमा खुशी साटासाट गर्दै राेहित र अजिन्क्य । तस्वीरः एएनअाइ

तीन टेस्टकाे यस शृंखलामा भारतले यसअघिका दुबै खेल जितेकाे छ । शृंखला पूरै कब्जा गर्ने तयारीका साथ मैदानमा उत्रेकाे भारतले पहिलाे दिनकाे खेल समाप्त भएकाे घाेषणा गरिँदा ३ विकेटकाे क्षतिमा २२४ रन बनाएकाे छ । पहिलाे सत्रमा ३ विकेट गुमाएकाे भारतले अरू विकेट गुमाएन ।

भारतका लागि प्रारम्भिक ब्याट्सम्यान राेहित शर्माले फेरि यस शृंखलामा शतक प्रहार गरेका छन् । उनले व्यक्तिगत ११७ रन बनाएर मैदानमा डटिरहेका छन् । उनले ४ छक्का र १४ चाैक्का प्रहार गरेका थिए ।

साथै क्रिजमा राेहितलाइ राम्राे साथ दिइरहेका अजिन्क्या रहाणे पनि ८३ रन बनाएका छन् ।

भारतका प्रारम्भिक ब्याट्सम्यान मयन्क अग्रवाल (१०), तेस्राे क्रमका चेतेश्वर पुजारा (०) र कप्तान विराट काेहली व्यक्तिगत १२ रनमा अाउट भइसकेका छन् ।

अग्रवाल र पुजारा दक्षिण अफ्रिकी बलर कागिसाे राबाडाकाे बलमा अाउट भएका थिए भने काेहली एनरिच नाेर्चेकाे बलमा अाउट भएका छन् ।

पहिलाे दिनकाे खेल वर्षाका कारण ५८ अाेभर मात्र खेलाइएकाे थियाे ।