१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

भारत-द अफ्रिका तेस्राे टेस्टः राेहित शर्माकाे शतक

भारत-द अफ्रिका तेस्राे टेस्टः राेहित शर्माकाे शतक
अ अ+ अ-

काठमाडाैंः भारत र दक्षिण अफ्रिकाबीच भारतकाे राँचीमा शुरू भएकाे तेस्राे तथा अन्तिम टेस्ट क्रिकेट वर्षाले प्रभावित भएकाे छ । टस जितेर पहिले ब्याटिङ गरेकाे भारतले सन्तुलित प्रदर्शन गरेकाे छ ।

राेहितकाे शतकमा खुशी साटासाट गर्दै राेहित र अजिन्क्य । तस्वीरः एएनअाइ

तीन टेस्टकाे यस शृंखलामा भारतले यसअघिका दुबै खेल जितेकाे छ । शृंखला पूरै कब्जा गर्ने तयारीका साथ मैदानमा उत्रेकाे भारतले पहिलाे दिनकाे खेल समाप्त भएकाे घाेषणा गरिँदा ३ विकेटकाे क्षतिमा २२४ रन बनाएकाे छ । पहिलाे सत्रमा ३ विकेट गुमाएकाे भारतले अरू विकेट गुमाएन ।

भारतका लागि प्रारम्भिक ब्याट्सम्यान राेहित शर्माले फेरि यस शृंखलामा शतक प्रहार गरेका छन् । उनले व्यक्तिगत ११७ रन बनाएर मैदानमा डटिरहेका छन् । उनले ४ छक्का र १४ चाैक्का प्रहार गरेका थिए ।

साथै क्रिजमा राेहितलाइ राम्राे साथ दिइरहेका अजिन्क्या रहाणे पनि ८३ रन बनाएका छन् ।

भारतका प्रारम्भिक ब्याट्सम्यान मयन्क अग्रवाल (१०), तेस्राे क्रमका चेतेश्वर पुजारा (०) र कप्तान विराट काेहली व्यक्तिगत १२ रनमा अाउट भइसकेका छन् ।

अग्रवाल र पुजारा दक्षिण अफ्रिकी बलर कागिसाे राबाडाकाे बलमा अाउट भएका थिए भने काेहली एनरिच नाेर्चेकाे बलमा अाउट भएका छन् ।

पहिलाे दिनकाे खेल वर्षाका कारण ५८ अाेभर मात्र खेलाइएकाे थियाे ।