२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिष्ठानबाट सुत्केरी भत्ता वितरण शुरु



अ+ अ-

तुलसीपुर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले कात्तिक १ गतेदेखि सुत्केरी भत्ता वितरण गर्न शुरु गरेको छ । सरकारले केही समय अघि बजेट निकासा नगर्दा सुत्केरी भत्ता रोकिएको थियो तर पछिल्लो पटक बजेट निकासा भएपछि भत्ता वितरण गर्न शुरु गरिएको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले बताए ।

पहिलो दिन प्रतिष्ठानबाट सेवा लिएकी लमही निवासी प्रेक्षा न्यौपानेलाई भत्ता वितरण गरिएको हो । प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेल, अस्पताल निर्देशक हाडजोर्नी विशेषज्ञ डा सागर पन्थीले संयुक्तरुपमा सुत्केरी भत्ता वितरण गरेका हुन् ।

आमा र बच्चाको स्वास्थ्य सुधारका लागि सुत्केरी भत्ता दिने गरिएको छ । स्वास्थ्य मन्त्रालयबाट रु दुई करोड बजेट निकासा भएपछि प्रत्येक सुत्केरीलाई रु एक हजार ८०० भत्ता वितरण गर्ने गरिएको छ ।