३० श्रावण २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव



अ+ अ-

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारले किसानको पक्षमा काम गरिरहेको बताउनुभएको छ ।

आज रौतहटको गढीमाई नगरपालिकाको १३आँै नगरसभाको यहाँ उद्घाटन गर्नुहँुदै मुख्यमन्त्री यादवले मधेस प्रदेशमा किसानको बाहुल्यता रहेको जानकारी दिनुभयो ।

उहाँले उत्पादनका लागि किसान खुसी नबनाएसम्म कृषि अर्थतन्त्रको विकास असम्भव भएको जानकारी दिनुहुँदै कृषिमा आबद्ध किसानलाई कृषि अनुदान उपलव्ध गराउने सन्दर्भमा सरकार अग्रसर भएर अगाडि बढ्ने बताउनुभयो ।

नगरसभामा गढीमाई नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद यादवले आर्थिक वर्ष २०८३÷८४ को लागि रु ५९ करोड २२ लाख ५५ हजारको बजेट प्रस्ताव गर्नुभएको छ ।