११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत झाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने



अ+ अ-

काठमाडौं । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा प्रतिनिधिहरूको सहभागिता अपेक्षाभन्दा उल्लेख्य रूपमा बढेको छ।

महाधिवेशनको पछिल्लो अवस्थाबारे जानकारी दिँदै रास्वपाका सांसद तथा नेता मनिष झाले सुरुमा करिब ३ हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिए पनि हालसम्म ४ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी भइसकेको जानकारी दिए।

उनका अनुसार प्रतिनिधिको सङ्ख्या ४ हजार ५ सयसम्म पुग्न सक्ने सम्भावना रहेको छ

‘सुरुमा ३ हजार प्रतिनिधिको आकलन गरिएको थियो। तर अहिले ४ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी भइसकेका छन् र यो सङ्ख्या ४ हजार ५ सयसम्म पुग्न सक्छ,’ झाले भने।

उनले प्रवासबाट समेत अपेक्षाभन्दा धेरै प्रतिनिधिहरू महाधिवेशनमा सहभागी भएको उल्लेख गर्दै विदेशस्थित संगठनहरूबाट अनुमान गरिएकोभन्दा करिब चार गुणा बढी प्रतिनिधिको उपस्थिति रहेको बताए।