४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

किसानलाई अन्न जोगाउन धौधौ

किसानलाई अन्न जोगाउन धौधौ
अ+ अ-

पोखरा । फाँट तथा टारी भरी धान पहेलपुर छ, भटमास पनि पाक्न लागेको छ, तर पाकेको अन्न कसरी जोगाउने भन्ने चिन्ताले यतिखेर पोखरा महानगरपालिका–२९ र ३३ लगायतका किसानलाई सताएको छ ।

धान लगाइएका खेतका अधिकांश आलीमा भटमास लगाइएको र सोही भटमास खानका लागि बाँदर आउने गरेका छन् । बिहानदेखि बेलुकासम्म पटकपटक खेतमा बाँदर पस्न थालेपछि बाँदर कुर्न र वस्नु यतिखेर कृषकको दैनिकी जस्तै बनेको छ ।

खेतमा आएका बाँदरले भटमास खाने मात्र नभै धान पनि नोक्सानी पुर्याउने गरेको पोखरा महानगरपालिका–२९ पटनेरीका कृषक बताउँछन् । बाँदरले पटकपटक नोक्सानी पुर्याए पनि यसबारे सम्बन्धित निकाय कसैले चासो नदिने भएकोले समस्या झेल्नु बाध्यताजस्तै बनेको कृषकको गुनासो छ । तै पनि बाँदर धपाउन सकिन्छ की भनेर कतिपयले खेतका छेउमा रेडियो बजाएर राख्ने गरेका छन् ।

बर्खायामको मकै होस् वा हिउँद यामको धान वा भटमास सधैँ बाँदरले सखाप पार्न थालेपछि आफूहरू ठूलै समस्यामा परेको कृषक बताउँछन् । पटनेरीमा जस्तै पोखरा महानगरपालिका–३३ भरतपोखरीको आँगेटारी, नाङ्गेचौर, खुर्वादी, स्वाहारालगायतका कृषकले पनि यतिखेर पाकिसकेको धान कसरी जोगाउने भन्ने चिन्तामा छन् ।

यसअघि झण्डै दुई महिना बिहानदेखि बेलुकासम्म बाँदर धपाउन कै लागि बारीमा शङ्ख बजाए पनि मकै जोगाउन नसकेका यहाँका किसानलाई यतिखेर धान कसरी जोगाउने भन्ने चिन्तामा रहेको स्थानीय चण्डी माध्यमिक विद्यालय, बर भोटेनीका शिक्षक कमलप्रसाद पौडेलले जानकारी दिनुभयो ।

गाउँको सबै मकै सखाप बनाए पछि त्यसको उचित क्षतिपूर्ति एवम् बाँदर व्यवस्थापनको माग गर्दै गत असारको अन्तिमतिर पोखरा महानगरपालिका–३३ को कार्यालयमा निवेदन दिए पनि त्यसको हालसम्म सुनुवाई हुन नसकेको उहाँले बताउनुभयो ।

“कृषकहरू मारमा छन्, सम्बन्धित निकायमा निवेदन गर्यो त्यसको पूर्णरुपमा बेवास्था गर्ने गरिएको छ,” बाँदर पीडित सङ्घका सचिवसमेत रहेका पौडेलले भन्नुभयो, “कृषकललाई तत्काल उचित क्षतिपूर्ति दिँदै बाँदरको दीर्घकालीन व्यवस्थापन गरिदिनुपर्छ ।”

निवेदन दिएसँगै वडा कार्यालयबाट चाँडै नै वार्तामा बोलाउँछौँ भनेको चार महिना वितिसक्दा पनि बेवास्था गरिएको उहाँले गुनासो गर्नुभयो ।