२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्यान मार्ने अभियोग लागेका सांसद गुरुङ अदालत उपस्थित



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद पार्वत गुरुङ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। सांसद गुरुङमाथी दोलखाका वीरध्वज खड्काको ज्यान मार्ने कोसिस गरेको अभियोग लागेका छ ।

२०४६ जेठमा काठमाडौंको चाबहीलमा खड्कालाई गुरूङ्गसहितको समूहले आक्रमण गरेको भन्दै सरकारी वकिल कार्यालयले गएको वैशाखमा उनी विरूद्ध मुद्दा दायर गरेको थियो। आइतबार उनी अदालतमा उपस्थित भएको र उनको वयान सुरू भएको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्द श्रेष्ठले बताए।

प्रहरीले गुरूङ फरार रहेकाले अदालतबाटै पक्राउ पूर्जी ल्याउन माग गरेको थियो। अदालतले जारी गरेको उपस्थित हुन आउने म्याद सहितको पक्राउ पुर्जी असोज ८ गते सांसद गुरूङले बुझेका थिए।