२३ भाद्र २०८३, मंगलवार
,
Latest
‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोकिराखेको बसमा आगलागी



अ+ अ-

काठमाडौं । ललितपुर महानगरपालिका–१३ सिँचाइ हिटीस्थित रोकिराखेको दुई वटा समा आज बिहान आगलागी भएको छ ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक गौतम मिश्रका अनुसार बिहान १०ः५५ बजेको समयमा एक्कासी गाडीमा आगलागी भएपछि दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो निभाएका थिए ।

आगलागीबाट पार्किङ गरिराखेको बा ३ ख १३८९ र बा ३ ख १६६ नम्बरको गाडी जलेर पूर्णरुपमा क्षति भएको छ । अर्को सँगै रोकिराखिएको बा २ ख ५९४५ नं। को बसमा भने आंशिक रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीको कारण भने नखुलेको र अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए । ढोका बन्द भएको बा ३ ख १३८९ नम्बरको गाडीको भित्रबाट आगलागी भएको प्रहरीको अनुमान छ ।