१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

सरकारले चालेका कदमहरू विधिसम्मत र संविधान बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान दिइयोस्ः वर्षमान पुन

सरकारले चालेका कदमहरू विधिसम्मत र संविधान बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान दिइयोस्ः वर्षमान पुन
अ अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले थिति बसाउन चालिएका कुनै पनि कदमहरु विधिसम्मत र संविधानभन्दा बाहिर नहोस भन्नेकुरामा पर्याप्त ध्यान दिन सरकार र रास्वपालाई आग्रह गर्नुभएको छ ।

चितवनको भरतपुरस्थित गेष्ट हाउस चौरमा आयोजित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

नेता पुनले भ्रष्टाचारका अन्त्य र सुशासनको एजेण्डामा रास्वपा र आफनो पार्टीको धारणा समान रहेको उल्लेख गर्दै उक्त विषयमा सधैं साथ दिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले विगतमा आफूहरुले पनि सुशासनको एजेण्डालाई गतिलोसँग अघि बढाएको दावी पनि गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सुशासनको एजेण्डामा हामीबीच समानता छ । हामीले विगतमा सरकार रहँदा र बाहिर रहँदा पनि सुशासनको एजेण्डामा सहकार्य गरेका थियौ । सुशासनको एजेण्डामा नेकपा र रास्वपाको जतिको निकट सहकार्य सायद अरुको बीचमा भएको छैन । कठिन परिस्थितिमा पनि हामीले लोकतान्त्रिक मूल्य र न्यायको पक्षमा सँगै उभिने प्रयास गरेका थियौँ । आज पनि सुशासन, पारदर्शीता र थिति बसाउने अभियानमा हाम्रो यहाँहरुलाई पूर्णसमर्थन छ । भ्रष्टाचारका अन्त्य र सुशासनको एजेण्डामा हामी सँगै थियौ, छौँ र रहनेछौँ । त्यस सन्दर्भमा एउटा सुझाव र आग्रह–थिति बसाउने चालिएको कदमहरुमा विधिसम्म र संविधान भन्दा बाहिर नहोस भन्नेकुरामा तपाईको पर्याप्त ध्यान पुग्नेछ भन्ने हाम्रो विश्वास रहेको छ ।’

नेता पुनलेसुशासन, पारदर्शीता र थिति बसाउने अभियानमा रास्वपालाई पूर्ण समर्थन गर्ने पनि बताउनु भयो ।

तस्बिरः प्रदीप राज वन्त/रासस