२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह जेन–जीले परिकल्पना गरेको समाज निर्माण गर्न सक्यौँ कि सकेनौँ, गम्भीर समीक्षा गरौँ : अर्जुननरसिंह केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको महाधिवेशनमा भारत, चीन र कोरियाका राजनीतिक दलहरूको शुभकामना



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन आइतबारदेखि सुरु भएको छ। महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न देशका राजनीतिक दल तथा अन्तर्राष्ट्रिय राजनीतिक संगठनहरूले शुभकामना सन्देश पठाएका छन्।

महाधिवेशनमा पार्टीका विदेश विभाग प्रमुख शिशिर खनालले प्राप्त शुभकामना सन्देशहरू वाचन गर्दै सहभागीहरूलाई जानकारी गराएका थिए। शुभकामना पठाउने संस्थाहरूमा भारतको भारतीय जनता पार्टी (भाजपा), चीनको कम्युनिष्ट पार्टी (सीपीसी), कोरियास्थित अन्तर्राष्ट्रिय सम्मेलन अफ एसियन पोलिटिकल पार्टीज (आईसीएपीपी) लगायत विभिन्न देशका राजनीतिक दलहरू रहेका छन्।

यस्तै, मलेसिया र दक्षिण कोरियाका विभिन्न राजनीतिक दलहरूले पनि रास्वपाको महाधिवेशन सफलताको शुभकामना व्यक्त गरेका छन्। ती सन्देशहरूमा लोकतान्त्रिक अभ्यास, राजनीतिक सहकार्य तथा आपसी सम्बन्ध विस्तारको अपेक्षा व्यक्त गरिएको जनाइएको छ।