९ भाद्र २०८३, मंगलवार
,
Latest
सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु



अ+ अ-

काठमाडाैँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके)राउतले जेन–जी आन्दोलनको भावलाई नबिर्सन सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सुझाव दिनुभएको छ ।

चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

अध्यक्ष राउतले आफू उक्त महाधिवेशनमा जेन–जी आन्दोनलबाट प्राप्त विश्वास नभूल्नका लागि रास्वपालाई सम्झाउन पनि महाधिवेशनमा सहभागी हुन आएको स्पष्ट पार्नुभयो । उहाँले आफूले आफनो पार्टीको देश बनाउने सपना पनि रास्वपाबाटै पूरा होस् भन्ने चाहेको जिकिर गर्नुभयो ।

अध्यक्ष राउतले भन्नुभयो,‘जेन–जी आन्दोलनको भावलाई नबिर्सनु होला भनेर सम्झाउन पनि म यो महाधिवेशनमा आएको हुँ । त्यही भएर तपाईहरुको जुन आन्दोलनबाट उदय हुनुभएको छ । जुन जनआस्था प्राप्त गर्नुभएको छ । विश्वास प्राप्त गर्नुभएको छ । त्यो शहीदको सपना कहिल्यै पनि नबिर्सनु होला भनेर पनि म यहाँबाट भन्न चाहन्छु । हाम्रो पार्टी फरक होला केही छैन । हामी भन्छौँ–हाम्रो सपना पनि तपाईमार्फत नै पूरा होस्, हामी त्यो चाहन्छौँ । त्यसको लागि हामी शुभकामना दिन चाहन्छौँ ।’

अध्यक्ष राउतले रास्वपाले जेन–जी आन्दोलनका शहीदहरुको सपनालाई पनि नबिर्सने विश्वास व्यक्त गर्नुभयो ।