१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि लेभलका बन्दा है



अ+ अ-

काठमाडौँ । “हाम्रो प्रधानमन्त्री अलग लेभलका बन्दा है,” भन्दै जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति प्रशंसा व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै राउतले प्रधानमन्त्री शाहलाई समस्याभन्दा माथि उठेर समाधान खोज्ने नेता भन्दै सकारात्मक टिप्पणी गरे।

उनले रास्वपाका नेता तथा कार्यकर्ता देश विकासका लागि सपना बोकेर अघि बढिरहेको समूह भएको बताए। उनका अनुसार नयाँ राजनीतिक शक्तिहरूले देश परिवर्तनको अपेक्षा बोकेर अघि बढिरहेका छन्।

राउतले प्रधानमन्त्री शाहको शैलीलाई स्मार्ट, ड्यासिङ र स्टाइलिस भन्दै प्रशंसा गरे। तर सोही क्रममा उनले व्यंग्यात्मक टिप्पणी पनि गरे। “कुनै दिन विपक्षीहरूले कालो ड्रेस लगाउन रोक्ने विधेयक ल्याउन पनि माग गर्न सक्छन्,” उनले भने।

उनले महाधिवेशनलाई केवल औपचारिक कार्यक्रम नभई “क्रान्तिको महोत्सव” भएको टिप्पणी गर्दै आफू सहयात्री र सहयोगीका रूपमा उपस्थित भएको उल्लेख गरे।

त्यस अवसरमा उनले आन्दोलनबाट उदय भएका शक्तिहरूले सहिदहरूको सपना नबिर्सनुपर्नेमा जोड दिँदै देश विकासतर्फ अघि बढ्न शुभकामना दिएका थिए।