६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महरालाई पाँच दिन थुनामा राख्न जिल्ला अदालतकाे आदेश



अ+ अ-

काठमाडौं । स‌ंसद सचिवालयकी एक कर्मचारीमाथि याैन दुर्व्यवहारकाे अाराेप खेपिरहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडाैंले आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागू हुने गरी ५ दिन थुनामा राख्ने आदेश दिएको अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।

यसअघि प्रहरीले महरामाथि अनुसन्धान गर्न १३ दिन म्याद लिएको थियो ।

प्रहरीले अनुसन्धानका लागि दोस्रो पटक ७ दिनको म्याद मागे पनि अदालतले ५ दिनमात्र दिएको हो ।

पीडितको निवेदन

महरामाथि यौन दुर्व्यवहारको जाहेरी दिने पीडित महिला आइतबार जिल्ला अदालतमा उपस्थित भएकी थिइन् । उनले इजलाससमक्ष प्रहरीले करकाप गरेर जाहेरी दिन लगाएको व्यहोराको निवेदन पेश गरेकाे अदालतले जनाएकाे छ ।