७ असार २०८३, आईतवार
,
Latest
रास्वपाको प्रथम महाधिवेशनले सौराहा–भरतपुरका होटल भरिभराउ रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह



अ+ अ-

काठमाडाैँ ।  प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पार्टीको प्रथम महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्।

भरतपुरमा आजदेखि सुरु हुने रास्वपाको प्रथम महाधिवेशनमा सहभागिता जनाउन प्रधानमन्त्री शाह बिहान चितवन आएका हुन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चितवन प्रस्थान गरेका थिए।

प्रधानमन्त्री शाहसँग उनकी श्रीमती र छोरी पनि चितवन पुगेका छन्। महाधिवेशनको उद्घाटन सत्रमा पार्टीका शीर्ष नेता, प्रतिनिधि तथा शुभेच्छुकहरूको सहभागिता रहने बताइएको छ।

रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीको संगठनात्मक सुदृढीकरण र आगामी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। महाधिवेशन अवधिभर विभिन्न राजनीतिक, संगठनात्मक तथा नीतिगत विषयमा छलफल हुने कार्यक्रम रहेको पार्टीले जनाएको छ।