१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान



अ+ अ-

काठमाडौं ।  इजरायलको तेल अभिभमा आयोजना हुने म्युनिसिपल कन्फरेन्सको दशौँ संस्करणमा सहभागी हुन काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल इजरायल प्रस्थान गरेकी छन्।

इजरायल सरकारको विदेश मन्त्रालयको निमन्त्रणामा डंगोलसँगै महानगरका प्रवक्ता नवीन मानन्धर तथा विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापा पनि शनिबार राति इजरायल गएका हुन्।

‘सफल साझेदारी (ट्विनिङ पार्टनरसिप)’ शीर्षकमा आयोजना हुने तीनदिने सम्मेलन असार ९, १० र ११ गते (जुन २३, २४ र २५) सम्म सञ्चालन हुनेछ। सम्मेलनमा विश्वका १५० भन्दा बढी सहरका प्रमुख, नगरपालिकाका नेतृत्व, सरकारी अधिकारी, सहरी योजनाकार तथा विज्ञहरूको सहभागिता रहनेछ।

नेपालबाट काठमाडौं महानगरपालिकासहित पोखरा महानगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी हुँदैछन्। सम्मेलनसँगै आयोजना हुने प्रदर्शनी (एक्स्पो) तथा व्यावसायिक भ्रमण कार्यक्रमहरूमा पनि उनीहरू सहभागी हुनेछन्।

सहरी व्यवस्थापनका उन्नत प्रविधि, स्थानीय शासनका सफल अभ्यास तथा नवप्रवर्तनका विषयमा ज्ञान, सीप र अनुभव आदानप्रदान गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको छ। यसअन्तर्गत विषयगत छलफल, कार्यशाला तथा व्यावसायिक सञ्जाल विस्तारका कार्यक्रम सञ्चालन गरिनेछन्।

इजरायलको स्थानीय सरकार महासंघले आयोजना गर्ने यो सम्मेलन स्थानीय शासनसँग सम्बन्धित प्रमुख वार्षिक कार्यक्रमका रूपमा परिचित छ।

सम्मेलनमा दिगो सहरी विकास, स्मार्ट सिटी, सार्वजनिक सेवा सुधार तथा नवीन परियोजनाका विषयमा छलफल हुने जनाइएको छ।सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डल आगामी शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।