१४ भाद्र २०८३, आईतवार
,
Latest
वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण



अ+ अ-

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कालीगण्डकी नदी किनारलाई धार्मिक, पर्यटकीय तथा मनोरञ्जनात्मक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पदमार्ग निर्माण प्रारम्भ भएको छ ।

गाउँपालिकाले कालीगण्डकी किनारको बालीघाट क्षेत्रबाट पदमार्ग निर्माण थालिएको हो । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र पर्यटकीय सम्भावनालाई एकसाथ जोड्दै क्षेत्रको समग्र विकास गर्ने लक्ष्यसहित पदमार्ग निर्माण थालिएको गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो ।

“नदी किनारको सुन्दर दृश्यसँगै यहाँ रहेका धार्मिकस्थल, प्राकृतिक सम्पदा र पर्यटकीय आकर्षणलाई एकापसमा जोड्ने उद्देश्यले पदमार्ग निर्माण थालेका हौँ”, अध्यक्ष ओझाले भन्नुभयो ।

गाउँपालिकाले दीर्घकालीन योजनाअनुसार उक्त पदमार्गलाई बालीघाटस्थित आँप बगैँचा, कालीगण्डकी किनार वर, पीपल स्वामीचौतारी, गैँडाअल्प झरना, चम्के ओडारलगायत स्थानसँग जोड्ने लक्ष्य छ ।

हाल ‘ट्र्याक’ खोलिएको, निर्माणलाई चरणबद्ध रूपमा अघि बढाइने र राष्ट्रिय रोजगार कार्यक्रममार्फत जनशक्ति परिचालन गरी पदमार्ग निर्माणलाई अझ व्यवस्थित बनाइने जनाइएको छ । रासस