१५ आश्विन २०८१, मंगलवार
,
Latest
नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का गोली लागेर गोविन्दा घाइते तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती बाढी–पहिरो पीडितलाई राहत वितरण सुरु, दुई दिनभित्र खोज–उद्धारका काम सकिने प्रधानमन्त्रीबाट जानकारी सरकारको निर्देशन विपरित रात्रिबस सञ्चालन भएकोप्रति छानविन गर्नुपर्छ: सांसद थापा सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ: गृहमन्त्री लेखक राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रान्सफर स्टेशनमा फोहर नथुपारिने



अ+ अ-

काठमाडौँ । आगामी दिनमा टेकुस्थित ट्रान्सफर स्टेशनमा फोहर नथुपारिने भएको छ । लामो समय फोहर थुपारेर राख्दा वातावरण प्रदूषणको समस्या उत्पन्न भएपछि काठमाडौँ महानगरपालिकाले केही समयका लागि फोहर राखे पनि यसअघिजस्तो लामो समय फोहर नराख्ने जनाएको छ । कामपाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले अबदेखि ट्रान्सफर स्टेशनमा फोहर जम्मा गरेर नराख्न र सोहीअनुरुप काम गर्न कर्मचारीलाई आग्रह गरेका छन् ।

विगतका समयमा काठमाडौँ शहरका सडक र गल्ली–गल्लीका फोहर महीनौँसम्म ट्रान्सफर स्टेशनमा राख्ने गरिएको थियो । सङ्कलित फोहरलाई ठूला सवारी साधनबाट नुवाकोटस्थित ल्याण्डफिल साइटमा व्यवस्थापन गर्दै आएको थियो । कामपाका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले प्राविधिक समस्या मिलाउनुपर्यो भने एक दिनसम्म राख्न सकिन्छ । त्योभन्दा बढी ट्रान्सफर स्टेशनमा फोहर नबस्ने बताए ।

टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ । त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहर व्यवस्थापनमा प्रयोग हुने सवारी र फोहर राख्ने गरिएको छ । बाँकी क्षेत्रमा हरियाली बगैँचा बनाएर फोहरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको योजना छ ।