२४ भाद्र २०८३, बुधबार
,
Latest
एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा



अ+ अ-

काठमाडौं। वैकल्पिक खेलाडी डेनिस उन्डाभको उत्कृष्ट दुई गोलको मद्दतले जर्मनी फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ।

क्यानडाको टोरन्टोमा आइतबार बिहान सम्पन्न समूह ‘इ’ को रोमाञ्चक खेलमा आइभरी कोस्टमाथि २-१ गोलको पुनरागमन जित निकाल्दै जर्मनीले अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो।

खेलको ३०औं मिनेटमा कप्तान फ्रान्क कसीले गोल गर्दै आइभरी कोस्टलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा जर्मनीका दुई प्रहारले जाली चुमे पनि त्यसले मान्यता पाउन सकेन।

६०औं मिनेटमा जमाल मुसिएलाको स्थानमा मैदान प्रवेश गरेका डेनिस उन्डाभ जर्मनीका लागि ‘गेम चेन्जर’ साबित भए। नादिएम अमिरीको पासमा उन्डाभले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। खेल बराबरी तर्फ धकेलिरहेका बेला इन्जुरी समयको चौथो मिनेटमा फेलिक्स एनमेचाको पासलाई सदुपयोग गर्दै उन्डाभले व्यक्तिगत दोस्रो गोल गरी जर्मनीको जित निश्चित गरे। जारी विश्वकपमा उन्डाभको यो तेस्रो गोल हो।

यस जितसँगै दुई खेलबाट ६ अंक जोड्दै जर्मनी समूह ‘ई’ को शीर्ष स्थानमा रहँदै अन्तिम ३२ मा पुगेको छ । पराजित आइभोरी कोस्टको ३ अंक छ ।