२४ भाद्र २०८३, बुधबार
,
Latest
एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित



अ+ अ-

काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत गएराति सम्पन्न खेलमा नेदरल्याण्ड्सले स्वीडेनमाथि ५-१ को फराकिलो जित दर्ता गरेको छ ।

अमेरिकाको ह्युस्टन रंगशालामा ६९ हजार दर्शकको उत्साहजनक उपस्थितिबीच शनिबार राति सम्पन्न खेलमा डच टोलीलाई जिताउन कोडी गाक्पो र ब्रायन ब्रोबीले दुई–दुई गोलको योगदान दिए ।

उनले खेलको ५औं मिनेटमा कोडी गाक्पोको क्रसलाई गोलमा परिणत गर्दै खाता खोलेका थिए भने १७औं मिनेटमा डेन्जेल डमफ्रिजको पासमा व्यक्तिगत दोस्रो गोल थपे । पहिलो हाफमा २-० को अग्रता बनाएको डच टोलीले दोस्रो हाफको सुरुवातमै स्वीडेनको पुनरागमन गर्ने आशलाई समाप्त पारिदियो ।

दोस्रो हाफको ४७औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै अग्रता ३-० पुर्‍याए । त्यसको केही मिनेटमै ५४औं मिनेटमा गाक्पोले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ४-० बनाए । गाक्पोको यो गोलसँगै जारी विश्वकपमा गोलको संख्या १०० पुगेको पुग्यो । जुन सन् १९५८ को विश्वकप यताकै सबैभन्दा छिटो १०० गोल पूरा भएको कीर्तिमान हो । स्वीडेनका लागि ५९औं मिनेटमा एन्टनी इलाङ्गाले एक सान्त्वना गोल फर्काए।

खेलको अन्त्यतिर ८९औं मिनेटमा क्रिसेन्सियो समरभिलले गोल गर्दै नेदरल्याण्ड्सको ५-१ को सानदार जित पक्का गरे ।

यो जितसँगै नेदरल्याण्ड्स ४ अंकका साथ समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको छ । अर्कोतर्फ, पराजित स्वीडेनलाई अब नकआउट चरणमा पुग्नका लागि आफ्नो अन्तिम खेलमा जापानलाई हराउनै पर्ने दबाब बढेको छ ।